महिलाहरु व्यवसायीक तरकारी खेतीमा जुटे, खेतीबाटै मनग्य आम्दानी

 

  • महेश सिंह महतो

सिरहा – लटरम्म फलेको घिरौला , भिन्डी , करैला जस्ता तरकारी लहलहाउँदो छ । सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. ७ का किसानले मनै लोभ्याउने व्यावसायिक तरकारी खेती गरेका हुन् । सेभ द चिल्ड्रेनको सहयोग सवल नेपालको आयोजनामा समुउन्नती परियोजना अन्तर्गत राधाकृष्ण कृषक समुह स्रुङ्गा नगरपालिका वडा नं. ७ चकदहका लक्षित वर्ग समुदायका महिलाहरु व्यबसायीक तरकारी खेतिमा जुटेका छन ।

यस्तो दृश्य देखेर त्यहाँ पुग्ने जो कोही लोभिने गर्दछन् । समुहकी १८ जना सदस्यले डेढ बिग्हा जमिनमा व्यावसायिक तरकारी खेती गर्दै आएका छन् । तरकारी खेतीबाट भएको आम्दानीले उनीहरूको पारिवारीक जीवनस्तरमा सुधार भएको समुहकी अध्यक्ष राजबत्ती देबी कामैत बताउँछिन् । ‘समुहका किसानहरु करिब डेढ बिग्हा खेती गर्दा मासिक रुपमा एक जना किसानले २० हजारसम्म आम्दानी गर्ने गरेको उनी बताउँछिन ।

दुई वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनुभएकी समुहकी सचिब सचिन कुमारी चौधरी यो कामबाट आफू निकै सन्तुष्ट रहेको बताइन । लहान , कदमाहा, कुशहा , लगायतका नजिकको बजार रहेका करणले बजारीकरणको खासै समस्या नभएका कारणले अरू कामभन्दा पनि घरपरिवार तरकारी खेतीमै सक्रिय भएको चौधरी बताइन। समूह बनाएर अगाडि बढेपछि व्यावसायिक तरकारी खेतीमा सरकारी , गैरसरकारी सहयोग पनि पाउन थालेको समुहकी सदस्य जनकी चौधरीले जानकारी दिइन ।

संस्थाबाट समय समयमा बीउबिजन, उपकरण, सिँचाइसुविधा लगायत प्राविधिक सहयोग भएको छ’, उनले भनिन। तरकारी खेतीबाट भएको आम्दानीले पारिवारिक खर्च धान्न सहज भएको उनीहरुको कथन छ । यसैबिच कार्यक्रमको स्थलगत अनुगमन गर्ने क्रममा सुरुङ्गा नगरपालिकाका नगरप्रमुख मुत्तिनाथ चौधरीले भने समुहलाई आगाडी बढाउन नगरपालिका सदैब सहयोग गर्ने प्रतिबद्धता जनाए । सामुहिक रुपले गरेको तरकारी खेतीबाट लक्षित बर्ग परिबारको जीवनस्तरमा सुधार भएकोले आफु धेरै खुसी भएको प्रमुख चौधरीले बताए।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको