काठमाडौंमा रातिदेखि नै भारी वर्षा, के होला आगामी ३ दिनको मौसम ?

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औषत स्थानभन्दा कही दक्षिणतिर सरेको जनाएको छ । जसका कारण नेपालमा मनसुन कम सक्रिय हुने महाशाखाले उल्लेख गरेको छ । तर मनसुनको न्यून चापिय रेखा बिस्तारै माथि सरेर औसत स्थानमा आउने संभावना रहेको पनि जनाइएको छ ।

हाल देशको पूर्वी, मध्य तथा पश्चिमी भागमा वदी भई देशका केही स्थानमा हल्कादेखि मध्यम र १/२ स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आइतबार (आज) दिउँसो देशका धेरैजसो स्थानमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना छ । त्यस्तै देशको पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यस्तै आइतबार राति सामान्यतया वदली रही पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

सोमबार दिउँसो पश्चिम, पूर्वी र मध्यका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने तथा पहाडि भू–भागका एक दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार सोमबार राति सामान्यतया वदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ तथा पूर्वी पहाडी भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना छ ।

मंगलबार दिउँसो देशका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने र पूर्व र मध्य पहाडि भू–भागका एक वा दुई स्थानहरूमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ । मंगलबार राति केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा देशको केही स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहितको वर्षा हुने सम्भावना रहेकोले त्यसबाट बँच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

पहाडी भू–भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको उल्लेख गर्दै महाशाखाले चुरेबाट बहने नदिमा पानिको वहावमा आकस्मिक बृद्धि हुन सक्ने भन्दै नदी आसपासमा रहेकाहरुलाई सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

त्यस्तै सडक यातायातमा पहिरो र भू–क्षयका कारण अवरोध आउन सक्ने भएकोले यात्रा गर्दा सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

सिफारिस

वसन्तपुरमा होलीको रौनक (तस्वीरहरू)

विगत वर्ष झैं वसन्तपुरमा होलीको हर्षोल्लास छाएको छ । विशेषगरी युवायुवतीले रौनक थपेका छन् । नेपाल घुम्न आएका विदेशी नागरिक पनि होलीको खुसीमा सँगसँगै...

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ वार्षिकोत्सवका अवसरमा विभिन्न शाखामा कार्यरत उत्कृष्ट कर्मचारी, पत्रकार तथा स्थानीय समाचारदातासहित ११ जनालाई पुरस्कार तथा...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

 फोटो पत्रकार प्रदीपराज वन्त सम्मानित

काठमाडौँ — राष्ट्रिय समाचार समिति (रासस) ले स्थापनाको ६५औँ...

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

धेरै पढिएको