नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्ने दल तथा नेताहरुलाई प्रधानमन्त्री ओलीलाई दिएको समर्थन फिर्ता गरेर सरकार ढाल्न चुनौति दिएका छन्। राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र देखाएको उनले बताए।
‘सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने, सरकार एकदलीय वा दुई दलीय के बनाउने के गर्ने भन्न नसक्ने, अनि अहिलेको सरकारको कामचलाउ भन्ने?’ सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै बाँस्कोटाले भने, ‘विश्वासको मत फिर्ता लिनुस् न, अर्को विषय सुरु हुन्छ, तर राजनीतिलाई बन्दी बनाउन हामी सक्दैनौं।’
अहिले अन्य दलले आफै अड्काउने र आफै पड्काउने गरेको र त्यसो गर्न नपाइने उनले बताए। जनताको बीचमा जान प्रतिगमन हुन्छ भने अग्रगमन के हो? भनी उनले प्रश्न गरे।
