फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका लागि कृत्रिम बौद्धिकता सीप: व्यावसायिक क्षमता अभिवृद्धि’ विषयक दुईदिने कार्यशाला सम्पन्न भएको छ।

कार्यशालामा एआई विज्ञ अजय शर्माले प्रशिक्षकका रूपमा सहजीकरण गर्दै फोटो पत्रकारितामा कृत्रिम बौद्धिकताको प्रभावकारी प्रयोग, अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाचार तस्बिरको विवरण (क्याप्सन) लेखन, समाचार भिडियो निर्माण, गुणस्तरीय ध्वनि अभिलेखन, मोबाइल पत्रकारिता, कृत्रिम बौद्धिकतामार्फत तस्बिर तथा भिडियो सम्पादन, तथ्य प्रमाणीकरण, कृत्रिम बौद्धिकताको नैतिक प्रयोग तथा डिजिटल पत्रकारिताको भविष्यलगायत विषयमा सैद्धान्तिक तथा प्रयोगात्मक प्रशिक्षण दिए।

सहभागीहरूले वास्तविक समाचार सामग्रीमा आधारित अभ्यासमार्फत व्यावसायिक तस्बिर विवरण लेखन, भिडियो समाचार निर्माण, ध्वनि अभिलेखन तथा कृत्रिम बौद्धिकता उपकरणको सुरक्षित र जिम्मेवार प्रयोगसम्बन्धी व्यावहारिक सीप हासिल गरेका थिए।

समाचार कक्षमा कृत्रिम बौद्धिकताको प्रभावकारी उपयोग, उत्पादकत्व अभिवृद्धि तथा सम्पादकीय मापदण्ड कायम राख्ने उपायबारे पनि प्रशिक्षण प्रदान गरिएको थियो।

कार्यक्रमको समापन समारोहका प्रमुख अतिथि बागमती प्रदेशका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले सहभागीलाई प्रमाणपत्र तथा प्रशिक्षकलाई प्रशंसापत्र प्रदान गरे।

उनले कृत्रिम बौद्धिकता सबै क्षेत्रका लागि अपरिहार्य बन्दै गएको उल्लेख गर्दै यसको सही प्रयोगले कार्यलाई छिटो, सहज र प्रभावकारी बनाउने भए पनि दुरुपयोगले गम्भीर चुनौती सिर्जना गर्न सक्ने भएकाले जिम्मेवारीपूर्वक प्रयोग गर्नुपर्नेमा जोड दिए।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका पूर्वअध्यक्ष राजभाइ सुवालले आधुनिक फोटो पत्रकारितामा कृत्रिम बौद्धिकतासम्बन्धी ज्ञान अत्यावश्यक भइसकेको उल्लेख गर्दै समयअनुकूल प्रविधि आत्मसात् नगर्ने पत्रकार भविष्यमा प्रतिस्पर्धामा पछि पर्न सक्ने धारणा व्यक्त गरे।

समारोहमा स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलका प्रवन्ध निर्देशक मिना महर्जन तथा प्राचार्य नेहा केसी विशिष्ट अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रमको अध्यक्षता गरेका एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले सञ्चार प्रविधिको तीव्र विकाससँगै फोटो पत्रकारलाई कृत्रिम बौद्धिकतामैत्री सीप प्रदान गरी व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले कार्यशालाको आयोजना गरिएको बताए।

यस्ता तालिमले फोटो पत्रकारको ज्ञान, सीप, आत्मविश्वास तथा व्यावसायिक क्षमता अभिवृद्धि गर्दै डिजिटल पत्रकारितामा सक्षम र प्रतिस्पर्धी बन्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरे।

अध्यक्ष वन्तले कार्यशालाको सफल आयोजनामा सहयोग पुर्‍याएको स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलप्रति धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि समयसापेक्ष तथा प्रविधिमैत्री तालिम निरन्तर सञ्चालन गरिने जानकारी दिए।

एनएफपिजे नेपालका सदस्य फोटो पत्रकारहरूको सक्रिय सहभागितामा सम्पन्न कार्यशालाले कृत्रिम बौद्धिकताको जिम्मेवार, नैतिक तथा प्रभावकारी प्रयोगमार्फत अन्तर्राष्ट्रिय स्तरको फोटो पत्रकारिता अभ्यासलाई प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

साउन ९ र १० गते काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सञ्चालन गरिएको कार्यशालाको प्रायोजन विद्यालयले गरेको हो।

सिफारिस

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको फ्रेन्चाइज प्रतियोगिता एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को विजेताले २० लाख रुपैयाँ नगद...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

भर्खरै

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

धेरै पढिएको