हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर – ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र २९ को संयुक्त आयोजनामा हरिसिद्धिस्थित हात्तिवन क्षेत्रमा शनिबार वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

ललितपुर महानगरपालिकाका उपमेयर मञ्जली शाक्य बज्राचार्यको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वातावरण संरक्षण तथा हरियाली प्रवर्द्धन गर्ने उद्देश्यले विभिन्न प्रजातिका बिरुवा रोपिएको थियो। साथै, स्थानीय पहिचान र सांस्कृतिक सम्पदाको संरक्षणका लागि ‘चापा गुँ’ (स्थानीय नाम) को परिचयात्मक बोर्डसमेत स्थापना गरिएको छ।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीयवासी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवाला निकायको सहभागिता रहेको थियो। सहभागीहरूले वृक्षारोपण अभियानलाई निरन्तरता दिँदै वातावरण संरक्षणमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताएका थिए।

वडा नं. २३, २८ र २९ का अध्यक्षहरूको संयुक्त पहलमा सम्पन्न उक्त कार्यक्रमले स्थानीय प्राकृतिक सम्पदा संरक्षणका साथै क्षेत्रको सांस्कृतिक पहिचानलाई समेत प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

    

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता–२०२६ आजदेखि भव्य उद्घाटन समारोहसहित औपचारिक रूपमा सुरु भएको छ। चार...

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

भर्खरै

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

धेरै पढिएको