एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा फोटो पत्रकारहरूका लागि दुईदिने ‘एआई स्किल फर फोटोजर्नालिस्ट’ तालिम शनिबारदेखि काठमाडौंको सानोभर्याङस्थित स्वस्तिश्री गुरुकुल आईबी वर्ल्ड स्कुलमा सुरु भएको छ।

डिजिटल प्रविधिको विकाससँगै फोटो पत्रकारहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको तालिम साउन ९ र १० गतेसम्म सञ्चालन हुनेछ। कार्यक्रममा विभिन्न सञ्चारमाध्यममा कार्यरत फोटो पत्रकारहरूको सहभागिता रहेको छ।

तालिमका मुख्य प्रशिक्षक एआई विज्ञ अजय शर्माले सहभागीलाई फोटो पत्रकारितामा कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग, अत्याधुनिक एआई उपकरणको उपयोग, तस्बिर सम्पादन, गुणस्तर अभिवृद्धि तथा डिजिटल माध्यममा दृश्य सामग्रीको प्रभावकारी प्रस्तुतीकरणसम्बन्धी व्यावहारिक प्रशिक्षण दिइरहेका छन्।

उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्षले समसामयिक प्रविधिको आत्मसात् नगरी पत्रकारिताको विकास सम्भव नरहेको बताए ।

उनले बदलिँदो डिजिटल परिवेशमा एआईको सही प्रयोगले तस्बिर सम्पादन र प्रस्तुतीकरणलाई अझ छिटो, प्रभावकारी र गुणस्तरीय बनाउने उल्लेख गर्दै तालिमले फोटो पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धिमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

नेपालमा फोटो पत्रकारलाई लक्षित गरी एआई सीपसम्बन्धी केन्द्रित तालिम सम्भवतः पहिलो भएको आयोजकको दाबी छ। तालिमको दोस्रो दिन सहभागीलाई विभिन्न एआई उपकरणको व्यावहारिक अभ्यास गराइने तथा समापन कार्यक्रम आयोजना गरिने जनाइएको छ।

 

सिफारिस

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन ए साइड खुल्ला फुटसल प्रतियोगिता’को उपाधि मेन्टेन एफसीले जितेको छ। बुढानीलकण्ठस्थित कपन स्पोर्ट्स सेन्टरमा सम्पन्न रोमाञ्चक...

भर्खरै

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

गृहमन्त्री र स्वास्थ्यमन्त्रीको उपस्थितिमा देवानगञ्ज घटनामा सहमति

काठमाडौं - सुनसरीको देवानगञ्ज गाउँपालिका–३, काशानगरमा साउन १० गते...

धेरै पढिएको