नेपाली सेनाको हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिम सम्पन्न

काठमाडौं — नेपाली सेनाले सैनिक अधिकारीहरूका लागि सञ्चालन गरेको सि.सं. १४ हायर कमाण्ड तथा म्यानेजमेन्ट (Higher Command and Management Course) तालिम सम्पन्न गरेको छ। नेपाली सैनिक वार कलेजमा २०८२ चैत १५ गतेदेखि सञ्चालन भएको उक्त तालिम सोमबार प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आयोजित एक कार्यक्रमबीच समापन गरेका हुन्।

नेपाली सेनाका अनुसार तालिममा महासेनानी दर्जाका ३६ जना शिक्षार्थी सहभागी थिए। समापन कार्यक्रममा तालिम प्रमुख शिक्षक उपरथी मधुकर सिंह काफ्लेले स्वागत मन्तव्य व्यक्त गरेका थिए। तालिममा महासेनानी प्रशान्त बज्राचार्य प्रथम (Best Student Officer) घोषित भएका छन् भने सर्वोत्कृष्ट शोधपत्र पुरस्कार महासेनानी प्रकाश थापाले प्राप्त गरेका छन्।

समापन समारोहमा पूर्व प्रधान सेनापतिहरू, रथीवृन्द, अधिकृतहरू तथा शिक्षार्थी अधिकृतका परिवारजनको उपस्थिति रहेको नेपाली सेनाले जनाएको छ।

नेपाली सेनाले अधिकारीहरूको नेतृत्व क्षमता, रणनीतिक सोच तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय सुरक्षा सम्बन्धी ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको उक्त तालिममा Statecraft, Geopolitics and Economic Dynamics, Political Philosophy, Diplomacy, World Order, Military and Security Strategy तथा Leadership and Management लगायतका विषय समेटिएका छन्।

वि.सं. २०५७ सालदेखि सञ्चालन हुँदै आएको यस हायर कमाण्ड तथा म्यानेजमेन्ट तालिमबाट हालसम्म ४१० जना अधिकृत दीक्षित भइसकेका नेपाली सेनाले जनाएको छ।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको