मौसम : यी स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने

काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा औसत स्थानको आसपासमा रहेको जनाएको छ । साथै भारतको उत्तरप्रदेश तथा हरियाना आसपासमा न्यून चापीय प्रणाली अवस्थित रहेको र यो कमजोर बन्दै गईरहेको महाशाखाको भनाइ छ ।

आगामी २४ घण्टाको मौसमसम्बन्धी विवरण सार्वजनिक गर्दै महाशाखाले देशको केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित वर्षा हुने सम्भावना रहेको जनाएको छ । मेघ गर्जन र चट्याङ्गबाट बच्न आवश्यक सतर्कता अपनाउन पनि महाशाखाको अनुरोध छ ।

त्यस्तै पश्चिम तथा मध्य भू–भागका केही स्थानमा भारी वर्षाको सम्भावना छ जसका कारण चुरेबाट बहने खोलाहरुमा आकस्मिक रुपमा बहाव बृद्धि हुन सक्ने भएकाले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

हाल देशभर वदली रही केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा भईरहेको महाशाखाले जानकारी दिएको छ ।

मंगलबार दिउँसो देशभर सामान्यतया वदली रही मध्य, पश्चीमी र पूर्वका केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । त्यस्तै मंगलबार राति सामान्य वदली रही मध्य, पश्चीमी र पूर्वको केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने महाशाखाले जनाएको छ । त्यस्तै पश्चिमी तथा मध्य भूभागको केही स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

बुधबार दिउँसो देशका धेरैजसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने तथा पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

बुधबार राति धेरैजसो स्थानमा वदली रही केहि स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुने र पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

बिहीबार दिउँसो धेरैजसो स्थानमा वदली रही पूर्व, मध्य र पश्चिमी क्षेत्रका केही स्थानमा वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै पूर्वी तथा मध्य पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।

बिहीबार राति धेरै जसो स्थानमा वदली रही केही स्थानमा मेघ गर्जन र चट्टयांगसहित वर्षा हुनेछ । पूर्वी तथा मध्य पहाडी भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

सिफारिस

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

धेरै पढिएको