जम्मु–काश्मीरबारे बोल्यो नेपाल, परराष्ट्रमन्त्रीले यसो भने

काठमाडौँ – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कश्मीरमा विकसित घटनाक्रमलाई नेपालले नजिकबाट नियालिरहेको बताएका छन् ।

दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन सार्कको वर्तमान अध्यक्ष भए तापनि नेपालले यस क्षेत्रमा विकसित तिक्तता र द्वन्द्वको स्थितिबारे नबोलेको भन्दै कतिपयले प्रश्न उठाइरहेका बेला सोमवार मन्त्रालयकै कार्यकक्षमा पत्रकारहरूसँग बोल्दै उनले यो मामिलामा नेपालको खासगरी दुईवटा चासो रहेको बताए ।

निरन्तर सम्पर्क

पहिलो चिन्ताबारे दिल्लीस्थित नेपाली दूतावास भारत सरकारसँग निरन्तर सम्पर्कमा रहेको र हालसम्म कुनै अप्ठेरो परेको जानकारी नआएको मन्त्री ज्ञवालीले बताए ।

दोस्रो विषयमा भने मन्त्री ज्ञवालीले निकै कूटनीतिक भाषा प्रयोग गर्दै नेपालले केवल क्षेत्रीय शान्ति र स्थिरता नखलबलियोस् भन्ने चाहेको बताए । “नेपाल सदैव छिमेकमा शान्ति र स्थिरताको पक्षमा छ र यो क्षेत्रमा पनि शान्ति र स्थिरताको पक्षमा छ ।समस्याहरू आउँदा तिनीहरूको वार्ताबाट समस्या समाधान हुनसक्छ भन्ने हाम्रो विश्वास छ ।“

“भारतको नेतृत्वमा ती कुराहरूको समाधान गर्ने क्षमता छ भन्ने पनि हामीलाई विश्वास छ । क्षेत्रीय शान्तिमा कहीँकतै प्रतिकूल प्रभाव पर्नेछैन भन्ने हामीले आशा गरेका छौँ । सार्कको अध्यक्षको हिसाबले हामी त्यही सन्देश प्रवाहित गर्न चाहन्छौँ,“ उनले भने ।

’सिक्किमको उदाहरण गलत’

केही समयअघि कश्मीरको विवादकै सेरोफेरोमा विपक्षी नेपाली कांग्रेसका नेता प्रदीप गिरिले भारतले सकेको खण्डमा नेपाललाई पनि सिक्किमजस्तै बनाउन चाहन्छ भनेर भनेको विषयबारे पत्रकारले सोधेको प्रश्नमा मन्त्री ज्ञवालीले आफूलाई त्यस्ता कुरा सुनेर नमज्जा लागेको बताए ।

“प्रतिनिधिसभाको अन्तर्रा्ष्ट्रिय सम्बन्ध समितिमा त्यसो बोलेको भन्ने कुरा आएको छ । पहिलो कुरा त वहाँ जत्तिको परिपक्व राजनीतिज्ञले यो ढङ्गको कुरा गर्नुभयो होला भनेर पत्याउन गाह्रो भएको छ । यदि सत्य हो भने यो अस्वीकार्य वक्तव्य हो ।“

“यसले दुई देशबीचको सम्बन्धमा अनावश्यक रूपले चिसोपना ल्याउने काम गर्छ। नेताहरूले यति गम्भीर विषयमा यति हलुको ढङ्गले टिप्पणी नगरि दिएहुन्थ्यो भन्ने लाग्छ,“ मन्त्री ज्ञवालीले थपे ।

नेपाल सार्कलाई सक्रिय बनाउन चाहन्छ

भारत र पाकिस्तानबीचको तिक्तताकै कारण लामो समयदेखि सार्कको सम्मेलन हुन सकेको छैन ।

नेपालमा सन् २०१४ मा सार्क शिखर सम्मेलन भएयता यसको अर्को शिखर सम्मेलन भएको छैन । अहिले पनि नेपाल नै सार्कको अध्यक्ष रहेको छ । मन्त्री ज्ञवालीले सार्क सक्रिय होस् भन्ने नेपालको इच्छा भएको बताए ।

उनले थपे,“सार्कको विषय द्विपक्षीयभन्दा पनि सार्कका सबै सदस्य राष्ट्रहरूको साझा चासोको विषय हो । संयुक्त राष्ट्रसङ्घको आगामी ७४ औँ महासभाको छेको पारेर न्यूयोर्कमा हामीले सदस्य राष्ट्रका परराष्ट्रमन्त्रीहरूको अनौपचारिक बैठक आयोजना गर्दैछौँ ।“

संयुक्त आयोगको बैठक

सोमवार परराष्ट्र मन्त्रालयमा आयोजित कार्यक्रम खासगरी पर्सिबाट सुरु हुने नेपाल भारत संयुक्त आयोगको बैठकका एजेण्डाबारे बताउन डाकिएको थियो । भारतीय विदेशमन्त्री एस जयशङ्कर सो बैठकमा भाग लिन पर्सि नै काठमाण्डू आउँदैछन् ।

मन्त्री ज्ञवालीले सो बैठकले राजनीतिक सम्बन्ध र सुरक्षा चासो देखि लिएर ऊर्जा, सम्पर्क सञ्जाल, वाणिज्य र पारवहनसहित सबै पाटोमा छलफल गर्ने बताए । पुराना समझदारीको कार्यान्वयनको समीक्षा गर्नुका अतिरिक्त लामो समयदेखि कार्यान्वयन नभएका र असान्दर्भिक भइसकेका विगतका केही आयोजनाबारे फरक ढङ्गले सोच्नेबारे पनि कुराकानी हुन सक्ने उनले बताए ।

भारतमा नरेन्द्र मोदीले दोस्रो कार्यकाल सम्हालेयता नेपाल आउन लागेका जयशङ्कर सबभन्दा वरिष्ठ भारतीय नेता हुन् । विविसीबाट

सिफारिस

फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको