घर अागलागिमा परि एक दम्पतीकाे मृत्यु

रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं २ वाम्तीकाे लहरेटोलका मनोहर कार्कीको घरमा अागलागि हुदा वृद्ध दम्पतिकाे मृत्यु भएकाे छ ।

गएराती करिव १२ बजे भएको आगलागीमा परी मनोहर कार्कीका बुबा वर्ष ७८ का धनवहादुर कार्की र आमा वर्ष ६८ की सिता कार्कीको आगोले जलेर घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी नायव उपरिक्षक नबराज ढुंगानाले जानकारी दिए ।

अकस्मात घरमा आगलागी भएपछि छोरा मनोहर कार्की उनकी श्रीमती कल्पना कार्की र छोरी स्मारिका कार्की भने घरको ढोका फुटाएर बाहिर निस्कन सफल भएको प्रहरी नायव उपरिक्षक ढुंगानाले बताए ।

आगो निभाउन स्थानिय र वाम्ती प्रहरी चौकीबाट गएको प्रहरी टोलीकाे आगो निभाउन प्रयास असफल भएपछि घरमा पुर्णरुपमा क्षेति पुगेकाे छ। अागलागि कसरी भएकाे र कती क्षति भएकाे छ साेकाे जानकारी अाउन बाकी रहेकाे जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

स्थानियहरुले राती घटनाको जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय रामेछापवाट प्रहरी प्रवक्ता श्रीशंकर श्रेष्ठको नेतृत्वमा प्रहरी टोली राती नै घटनास्थल पुुगेको थियो । घटनास्थल पुुगेको प्रहरी टोलीले स्थलगत मुचुल्का उठाउने र शव पोष्टमार्टमको लागि पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।

सिफारिस

ग्रीसमा हुने अन्तर्राष्ट्रिय फोटो महोत्सवका लागि फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर छनोट

काठमाडौं — नेपाली फोटो पत्रकार सुशील श्रेष्ठका तीन तस्बिर ग्रीसको एथेन्समा आयोजना हुने अन्तर्राष्ट्रिय ‘मोमेन्ट्स कलेक्टिभ–पालायो फालिरो एथेन्स रिभिएरा फोटो फेस्टिभल–२०२६’ का लागि छनोट...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीय सचिव (पीए) को पारिश्रमिक तथा सुविधा पुनः लागू गर्ने सरकारको निर्णयविरुद्ध दायर रिटमा अन्तरिम...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक रूपमा उद्घाटन गरिएको छ। करिब २९ अर्ब रुपैयाँ लागतमा निर्माण भएको यो नेपालकै पहिलो व्यवस्थित...

भर्खरै

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

सात वर्षको प्रतीक्षापछि सञ्चालनमा आयो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं। काठमाडौं र धादिङलाई जोड्ने नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग सोमबार औपचारिक...

आजदेखि सञ्चालनमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग (तस्वीरहरू)

काठमाडौं- नेपालको पहिलो व्यवस्थित सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज...

फोटो पत्रकारलाई एआई सीपमा दक्ष बनाउन एनएफपिजेको दुईदिने कार्यशाला सम्पन्न

काठमाडौं- राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो...

हात्तिवनमा वृहत् वृक्षारोपण तथा ‘चापा गुँ’ बोर्ड स्थापना

ललितपुर - ललितपुर महानगरपालिकाका वडा नं. २३, २८ र...

एनएफपिजेद्वारा फोटो पत्रकारका लागि दुईदिने एआई सीपसम्बन्धी तालिम

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को आयोजनामा...

धेरै पढिएको