रविका समर्थकहरु अराजक बन्दै गएपछि चितवनमा कर्फ्यु

काठमाडौं – स्थानिय प्रशासनले चितवनको भरतपुरमा कर्फ्यु लगाएको छ । टेलिभिजन प्रस्तोता रवि लामिछानेका समर्थकहरु अराजक बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले विहान ६ बजेदेखि कर्फ्यु लगाएको हो ।

स्थानिय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३ क) अनुसार प्रमुख जिल्ला अधिकारीको आदेशमा आज विहान ६ बजेदेखि अदालतको आदेश नआउन्जेलसम्मका लागि कफ्र्यू लगाइएको हो । कर्फ्युमा पाँच जना भन्दा धे्रैलाई एकै ठाउँमा जम्मा हुन निषेध गरिएको छ ।

कफ्र्यू पूर्वपट्टीबाइपास सडक तर्फको आन्तरिक राजश्व कार्यालयको चोक देखि घरेलु कार्यालय चोकसम्म, पश्चिम लोकमार्गको सप्तगण्डकी अस्पलातदेखि चौविसकोटी चोकसम्म तथा बाइपास सडकको आन्तरिका राजश्व कार्यालय चोकदेखि भरतपुर अस्पताल पुरानो, मेडिकल कलेज जाने चोक, नारायणी मावि चोक, कृर्षि ज्ञान केन्द्र हुँर्दै पूर्वपश्चिम लोकमार्गको चौविसकोटी चोकसम्म निषेध गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी आत्माहत्या प्रकरणमा रवि लामिछाने सहित तीन जनालाई चितवन प्रहरीको हिरासतमा राखेर अनुसन्धान भइरहेको समयमा रविका समर्थकहरुले रविलाई विना सर्त रिहाइको माग गर्दै सडक आन्दोलन गर्दै आएका छन् । आइतबार भिड अराजक बनेपछि प्रहरी अश्रुग्यास प्राहर गरेका थियो ।

हिजोपनि रविको बयान नसकिएपछि जिल्ला अदालत चितवनले टेलिभजन प्रस्तोता रवि लामिछानेलाई हिरासतमै राख्न अनुमति दिएको थियो । त्यसको विरोधमा भिड अराक बनेको थियो ।

चितवन प्रहरीले सरकारी वकिलको कार्यालयमार्फत आइतबार लामिछाने, युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ ।

सिफारिस

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक राज सिग्देलले पदोन्नति भएका चार सैनिक अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको छ। जङ्गी अड्डामा मंगलबार आयोजित...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई संयोजन गर्दै शेफ भोलबहादुर विश्वकर्माले नेपाली–जापानी फ्युजन खानाको नयाँ अवधारणा अघि सारेका छन्। फेयरफिल्ड बाइ मेरियट...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

भर्खरै

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

धेरै पढिएको