कांग्रेसद्वारा भातृ तथा जनसम्पर्क समितिको म्याद छ महिना थप्ने निर्णय

नेपाली कांग्रेसले भातृ तथा जनसम्पर्क समितिको म्याद छ महिना थप्ने निर्णय गरेको छ।

सहमहामन्त्री प्रकाशशरण महतले बुधबार पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी म्याद सकिएका भातृ संघसंस्थाका म्याद छ महिना थप्ने निर्णय केन्द्रीय कार्यसमितिले गरेको जानकारी दिए।

‘छ महिनाभित्र महाधिवेशन गरिसक्ने गरी भातृ संस्थाहरूको म्याद थप गर्ने निर्णय भएको छ,’ महतले भने।

केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा समिति गठन गरिएको उनले जानकारी दिए। ‘विधानहरूलाई पूर्णता दिन एनपी साउदको नेतृत्वमा सात सदस्यीय समिति बनाएका छौं,’ उनले भने।

यो समितिले म्याद सकिएका भातृ संघसंस्थाका विधानबारे अध्ययन गरी आवश्यक निर्देशन दिनेछ।

नेपाल विद्यार्थी संघ, नेपाल दलित संघलगायत भातृ संस्थाको म्याद सकिए पनि महाधिवेशन हुन सकेको छैन।

अस्ट्रेलिया, बेल्जियम, क्यानडालगायत विदेशस्थित जनसम्पर्क समितिमा देखिएका विवाद समाधान गर्न पनि संयोजक तोकिएका छन्।

सिफारिस

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन भएको यस सांस्कृतिक तथा धार्मिक कार्यक्रम सामूहिक ईहि (बेल विवाह) समारोह  सम्पन्न भएको छ। ईहि नेवार...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

धेरै पढिएको