थाहै नदिई देउवाले मन्त्री नियुक्त गरेपछि गठबन्धनमा भाडभैलो

व्यवसायी उमेश श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेसंगै सत्तारुढ पांच दलीय गठबन्धनमा असन्तुष्टी छाएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आइतवार श्रेष्ठलाई राज्यमन्त्रीमा नियुक्त गरेसंगै उनको चौतर्फी आलोचना बढेको हो ।

देउवाले स्वास्थ्यजस्तो महत्वपूर्ण मन्त्रालयमा कांग्रेसका अरु सांसदहरुलाई पन्छाउंदै स्वास्थ्य र शिक्षा क्षेत्रमा व्यवसाय गरिरहेका समानुपातिक सांसद श्रेष्ठलाई नियुक्त गरेसंगै उनको आलोचना बढेको हो ।

सत्तारुढ गठवन्धनमा सहभागी पांच दलका शिर्ष नेताहरुले सरकारलाई प्रभावकारी बनाउंका लागी कार्यदल निर्माण गरेर मन्त्रालय टुंगो लगाउने सहमती भएको थियो । तर, श्रेष्ठको नियुक्तीबारे कार्यदल र शिर्ष नेताहरुको तहमा कुनै छलफल नभएपछि विवाद बढेको छ । कार्यदललाई समेत जानकारी नदिइ मन्त्री नियुक्त गरेसंगै कार्यदलमा समेत असन्तुष्टी छाएको छ ।

प्रधानमन्त्री देउवाले मन्त्री नियुक्त गरेको दिन कार्यदलको बैठक सिंहदरवारमा बसिरहेको थियो । नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा गठित सात सदस्यीय कार्यदल बनेको थियो । कार्यदलमा खड्कासहित कांग्रेसका डा. मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ छन् । त्यसैगरी जसपाबाट राजेन्द्र श्रेष्ठ र महेन्द्र राय यादव सदस्य छन् ।

सरकार संचालनका लागी सहमतीको आधारमा साझा नीति तथा कार्यक्रम बनाउने र मन्त्रालय बांडफाडलगायत राजनीतिक नियुक्तीको मापदण्ड बनाउनका लागी कार्यदल गठन भएको थियो ।तर, आइतबार स्वास्थ्य राज्यमन्त्री नियुक्त गर्दा भने कार्यदलसंग कुनै परामर्श नगरेकोमा असन्तुष्टि बढेको छ ।

कार्यदलका संयोजक कांग्रेस महामन्त्री खड्काले मन्त्री नियुक्तिबारे आफूहरूलाई जानकारी नभएको बताए । उनले मन्त्री बनाएको थाहां नभएको भन्दै यसरी कार्यदल भनेर हल्ला गर्नुको कुनै अर्थ नभएको भन्दै असन्तुष्टी पोखे ।

कांग्रेस,माओवादी केन्द्र र जसपाबीच आगामी चुनावसम्म गठवन्धन बनाउने गरी छलफल चलिरहेको छ । कार्यदल सरकारलाई प्रभावकारी बनाउन र सहमतिका आधारमा सरकार संचालन गर्नको लागी बनाइएको नेताहरुले दावी गरेका छन् ।तर, आइतबार प्रधानमन्त्री देउवाले गरेको निर्णयले सत्ता गठवन्धनमै समस्या पर्न सक्ने बताइएको छ ।

प्रधानमन्त्री देउवा,माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच मन्त्रालय बांडफांडको मापदण्ड बनाएर अघि बढ्ने सहमती भएको छ । तिनै नेताहरुको सहमतीअनुसार कार्यदलले मन्त्रालय बांडफाडको लागी गृहकार्य गरिरहेको थियो । २१ वटा मन्त्रालयलाई तिन भागमा बांडेर भागवण्डा गर्ने कार्यदलमा सहमती बनेको थियो । देउवाले २५ जनाको मन्त्रिमण्डल बनाउने तयारी गरेका छन् । जसमा ३ जना राज्यमन्त्री हुनेछन् ।

कार्यदलले प्रधानमन्त्री देउवालाई सुझाव दिएपछि उनको साउन १२ गतेभित्र मन्त्रिमण्डल बनाउने तयारी थियो । पांच दलिय गठवन्धनमा माधव नेपाल पक्ष,कांग्रेस,माओवादी केन्द्र र जसपाले ६, ६ वटा मन्त्री लिने सहमती बनेको छ । तर, नेपाल समुह सहभागी नबने त्यसमा फेरबदल समेत हुनेछ ।

चारै पार्टीका शिर्ष नेताहरुले मन्त्रालयलाई शक्तिशाली, सामाजिक, विकासे, सामान्य र साना मन्त्रालय गरी पांच भागमा विभाजन गरेर भागवण्डा गर्ने सहमती गरेका छन् ।

जसअनुसार गृह,रक्षा परराष्ट्र,कानुन र संघिय मामिलालाई शक्तिशाली सुचीमा, अर्थ,जलस्रोत,भौतिक,शहरी विकास र खानेपानीलाई विकासे सुचीमा,शिक्षा,स्वास्थ्य,श्रम र कृषीलाई सामाजिक मन्त्रालयको सुचीमा राखिएको छ । त्यसैगरी सामान्य मन्त्रालयको सुचीमा पर्यटन,उद्योग,भुमि व्यवस्था र संचार र साना मन्त्रालयको सुचीमा वन,युवा तथा खेलकुद र महिला तथा बालवालिकालाई राखिएको छ ।

यीमध्ये सवै सुचीबाट मन्त्रालय भागवण्डा गर्ने गठवन्धनमा सहमती बनेको थियो । कार्यदलले त्यसैमा गृहकार्य गरिरहेको छ ।

देउवासंगै अर्थमन्त्रालय माओवादी केन्द्रबाट जनार्दन शर्मा, उर्जामा पम्फा भुषाल, कांग्रेसबाट गृहमा बालकृष्ण खांड र कानुनमा ज्ञानेन्द्र बहादुर कार्कीले सपथ लिइसकेका छन् । उनिहरुको समेत मन्त्रालय फेरबदल हुन सक्ने बताइएको छ । आइतवार श्रेष्ठलाई स्वास्थ्यराज्यमन्त्रीमा नियुक्त गरेको देउवाले स्वास्थ्यमन्त्रालय भने आफुसंग राखेका छन् ।

निजी विद्यालयका सञ्चालकसमेत रहेका श्रेष्ठलाई देउवाले राज्यमन्त्री बनाएसंगै सत्तारुढ गठबन्धनमा मात्र होईन सामाजिक संजाल समेत आलोचनाले भरिएको छ । श्रेष्ठ कांग्रेसका ठुला चन्दादाता हुन ।
कांग्रेसले गण्डकी प्रदेशमा दलित नेतालाई बाइपास गरेर ठेकदारलाई मन्त्री बनाएको थियो । अहिले केन्द्र सरकारमा पनि देउवाले लगभग त्यस्तै गरेको भन्दै उनको आलोचना सुरु भएको छ ।

सिफारिस

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्यासिङ समारोह फाइनल स्पर्धाकै झल्को दिने गरी बिहीबार साँझ राजधानीमा सम्पन्न भएको छ। थापागाउँस्थित...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि बायाँहाते चर्चित ब्याटिङ अलराउन्डर चरिथ असलंकालाई अनुबन्ध गरेको छ। असलंकालाई श्रीलंकाली क्रिकेटका...

भर्खरै

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

विराटनगर किङ्समा चरिथ असलंका अनुबन्धित

काठमाडौं — विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) को...

टीयू मैदानमा नेपाल र बंगलादेशीबिच पहिलोपटक टी–२० श्रृङखला हुने

काठमाडौं - आगामी मार्चमा बंगलादेशसँग नेपाल टी २० क्रिकेट...

हनुमानढोकामा जापानी फोटो पत्रकार ताकावका नोबोरुको एकल फोटो प्रदर्शनी

काठमाडौं — नेपाल र जापानबीच कला, संस्कृति तथा फोटोपत्रकारितामार्फत...

विराटनगर किङ्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नगद सम्मान घोषणा

एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप...

भोटेकोशी बाढी प्रभावितका लागि रोयल एवान इन्भेस्टमेन्टद्वारा पाँच लाख बढी सहयोग

काठमाडौं - बाढीपहिरोबाट प्रभावित परिवारको राहत, उद्धार तथा पुनःस्थापनामा...

धेरै पढिएको