उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी दुई महिनाभित्र पुरिसक्ने

काठमाडौँ – काठमाडौँ उपत्यकाभित्रका सडकका खाल्डाखुल्डी पुर्ने कार्य सुरु भएको छ । दुई महिनाभित्र सडकका खाल्डाखुल्डी पुरिनेछ । यो अभियानअन्तर्गत मङ्गलबार कोटेश्वर–चाबहिल सडक खण्डमा खाल्डाखुल्डी पुर्ने काम भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मङ्सिर ९ गते सम्पन्न चालू आर्थिक वर्ष २०७६÷७७ को चौमासिक समीक्षा बैठकलाई सम्बोधनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सडकको खाल्डाखुल्डीको गीत कहिलेसम्म सुन्ने हो’ भन्दै सडकको खाल्डाखुल्डी चाँडो पुर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्बाङले दुई–तीन महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घीय सडकहरूका खाल्डाखुल्डीहरूलाई पुरिनेछ बताएका थिए । उनले योजना बनाएर मङ्गलबारबाट खाल्डाखुल्डी पुर्ने कार्य सुुरु गरिएको स्पष्ट पारे। मन्त्रालयले सडक निर्माण, मर्मत तथा खाल्डाखुल्डी पुरिने कार्यको अनुगमन गर्ने जानकारीसमेत उनले दिए।  लुकभरिका सडकका खाल्डाखुल्डीहरू पुरिने काम नसकेसम्म यो अभियान निरन्तर रूपमा चलिरहने उनले स्पष्ट पारे । उनले भने, “अबको दुई महिनाभित्र काठमाडौँ उपत्यकाका सङ्घअन्तर्गत पर्ने सडकहरूको खाल्डाखुल्डीलाई पुरिने योजना भौतिक पूर्वधार तथा यातायात मन्त्रालयको छ ।’’ विभिन्न निकायअन्तर्गत काठमाडौँ उपत्यकामा रहेका सबै सडकलाई ती निकायहरूसँग समन्वय गरी खाल्डाखुल्डी पुरिने लक्ष्य मन्त्रालयको रहेको उनले बताए। पहिलो चरणमा काठमाडौँ उपत्यकाका सडकको खाल्डाखुल्डी र दोस्रो चरणमा काठमाडौँ बाहिरका राजमार्ग तथा सडकहरूको खाल्डाखुल्डी पुरिने योजना मन्त्रालयको रहेको जानकारीसमेत उनले दिए। प्रधानमन्त्री ओलीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलिया सहितको अनुगमन टोलीले मङ्गलबार कोटेश्वरदेखि चाबहिलसम्म खाल्डाखुल्डी पुरिने कार्यको अनुगमनसमेत गरेका थिए ।  विकास व्यवस्थापनविज्ञ थपलियाले सडकका खाल्डाखुल्डीबारे प्रधानमन्त्रीले लिनुभएको चासोपछि विशेष योजना बनाएर खाल्डाखुल्डी पुरिने कार्यलाई अगाडि बढाइएको बताए। खाल्डाखुल्डी पुरिने अभियानको पहिलो दिन कोटेश्वरदेखि चाबहिलसम्मको सडकको खाल्डाखुल्डी पुरिने काम सम्पन्न भएको जानकारी दिँदै उनले अब कुनै पनि दिन नरोकी ‘नन स्टप’ रूपमा यस कार्यलाई निरन्तरता दिने उनले स्पष्ट पारे।

भौतिक पूर्वाधार तथा यतायातमन्त्री नेम्वाङले प्रधानमन्त्री ‘स्पिड’मा शीघ्र ‘एक्सन’मा आउनुभएको बताउँदै उनले भने, “खाल्डाखुल्डी पुरिने अभियानअन्९तर्गत काठमाडौँ उपत्यकामा काठमाडौँ सडक डिभिजन कार्यालयअन्तर्गत रहेका ९३ वटा, ललितपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने ३८ वटा र भक्तपुर सडक डिभिजन कार्यालयअन्तर्गत पर्ने १९ वटा सडकका खाल्डाखुल्डी पुरिनेछ ।”
गोरखापत्र दैनिकबाट

सिफारिस

रास्वपाको सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट रवि लामिछाने सभापतिमा निर्विरोध निर्वाचित भएका छन्। सभापति पदमा उनको मात्रै उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित...

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब पाउने भएका छन्। प्रहरी प्रधान कार्यालयले मातहतका सबै कार्यालयलाई परिपत्र गर्दै आगामी आर्थिक वर्ष २०८३/८४...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न विशेष अदालतले अनुमति दिएको...

भर्खरै

प्रहरीलाई पनि अब महिनाको दुइ पटक तलब

काठमाडौं । नेपाल प्रहरीले अबदेखि महिनामा दुई पटक तलब...

विष्णु पौडेललाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाडौँ - सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ परेका नेकपा (एमाले)का...

रविले दिए सभापतिमा उम्मेदवारी, बालेन बने प्रस्तावक

चितवन - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

आफैं गाडी चलाउँदै रास्वपा महाधिवेशनस्थल पुगे बालेन (तस्वीरहरु)

चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा सहभागी...

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

सुर्खेत — नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल...

राहदानी छपाइ प्रकरण : १८ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं - विद्युतीय राहदानी (ई–पासपोर्ट) छपाइ तथा प्रणाली व्यवस्थापनसम्बन्धी...

धेरै पढिएको