वेमौसमी वर्षाले ठूलो जनधनको क्षति, कुन जिल्लामा कतिले गुमाए ज्यान ? (विवरणसहित)

वेमौसमी वर्षापछि आएको बाढीपहिरो र डुबानबाट बिहीबार बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ।

मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार बाढीपहिरोमा परेर बेपत्ता हुनेको संख्या ३० पुगेको छ। अधिकांशको मृत्यु पहिरोमा परेर भएको गृहमन्त्रालयले जनाएको छ।

बिहीबार बिहान मात्रै ११ जनाको मृत्यु पुष्टि भएको छ । यसअघि बुधबार ६३ र मङ्गलबार १४ जनाको मृत्यु पुष्टि भएको थियो। विपद्मा परेर पाँचथरमा मात्रै सबैभन्दा बढी २७ जनाको मृत्यु भएको छ। इलाम र डोटीमा १३÷१३ जनाको मृत्यु भएको छ।

यस्तै कालीकोट, बैतडी, डडेलधुरा, बझाङ, हुम्ला, सोलुखुम्बु, प्युठान, धनकुटा, मोरङ, सुनसरी, उदयपुरलगायत १५ जिल्लामा मानवीय क्षति भएको महाशाखाका प्रमुख हुमकला पाण्डेले जानकारी दिइन्।

विपद्बाट देशका २० जिल्ला प्रभावित भएका छन्। बझाङमा सबैभन्दा बढी २१ जना हराइरहेका छन् । पाँचथरमा चारसहित विभिन्न जिल्लामा गरेर ३० जना बेपत्ता भएका गृहमन्त्रालयले जनाएको छ । आजबाट भने मौसममा सुधार आएको छ।

सिफारिस

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन भएको यस सांस्कृतिक तथा धार्मिक कार्यक्रम सामूहिक ईहि (बेल विवाह) समारोह  सम्पन्न भएको छ। ईहि नेवार...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

धेरै पढिएको