३ बर्ष देखि अलपत्र क्यामा पुल

रामेछाप – रामेछापको उमाकुण्ड गाउंपालिका १ मा पर्ने क्यामा खोलामा निर्माणाधिन पक्की पुल ३ बर्ष देखि अलपत्र छ । स्थानीय सडक पुल कार्यक्रम अन्तरगत तत्कालिन जिल्ला विकास समितिले उक्त पुल निर्माण थालेको थियो ।
३ बर्ष अघि कार्यक्रम मार्फत ठेक्का लागेको क्यामाखोला पुलको जगमा हालिएका रडहरु बांगिएका छन । बाढीले केहि भागमा क्षति समेत पुगेको छ । पुलको उत्तर तर्फको जगको जमिन सम्मको काम पुरा भएको र दक्षिण तर्फको भागमा जमिन मुनिकै काम सकिएको छैन ।
वडा अध्यक्ष नुर्बु शेर्पाका अनुसार अलपत्र परेको उक्त पुलको काम अघी बढाउनका लागि धेरै निकायमा धाएपनि अहिले सम्म गति पाउन सकेको छैन । खम्पाचे थापा जेभिले उक्त पुलको काम गर्ने संझौता गरेकोे थियो ।
जिल्ला विकास समिति विघटन भएको र स्थानिय पुल कार्यक्रमले समेत हात झिकेकोले उक्त पुलको काम कस्ले हेर्ने भन्ने विषयमा अन्यौल हुदा ३ बर्ष सम्म पुल रोकिएको हो । उक्त पुल अव प्रदेश सरकारको पूर्वाधार विकास कार्यालयले हेर्ने गरी जिम्मेवारी पाएको छ ।
पूर्वाधार विकास कार्यालय रामेछापका प्रमुख सोमराज तिमिल्सिनाका अनुसार चालु आर्थिक बर्षका लागि क्यामा खोलापुल निर्माणमा ५३ लाख रुपैयाको अख्तियारी प्राप्त भएको छ । कार्यालयले साविककै ठेक्का संझौता बमोजिम पुलको बांकी निर्माण कार्य गर्नका लागि निर्माण व्यवसायीलाई पत्राचार गरेको समेत तिमिल्सिनाले वताएका छन ।
निर्माण व्यवसायी बलराम श्रेष्ठले ठेक्का लगाएपनि कार्यालयको पुनर्संरचनाका कारण अख्तियारी कुनै निकायमा नआएकोले पुलको काम रोक्नु परेको वताए । कुन निकायले पैसा भुक्तानी गर्ने भन्ने कुराको टुंगो थिएन श्रेष्ठले भने – अहिले प्रदेशको पूर्वाधार विकास कार्यालयबाट पत्र पाएका छौं, अव काम अघी बढ्छ ।
गुम्देल रामेछापको सवैभन्दा दुर्गम क्षेत्रमा पर्छ । उक्त पुल निर्माणपछि क्यामा र लाहाछेवर क्षेत्रमा आवत जावतमा सहज हुनेछ । हिउंदमा मात्र सवारी साधन गुड्दा क्यामा र लाहाछेवर क्षेत्रका बासिन्दालाई दैनिक उपभोग्य वस्तुको ओसारपसार र स्थानीय कृषि उपज वजार सम्म लैजानका लागि कठिनाई वेहोर्नुपरेको छ । गुम्देलबाट लाहाछेवर पुग्न पैदल ७ घण्टा लाग्छ । मोटर पुल वनेको अवस्थामा उक्त दुरी करिव २ घण्टामा थिचोलिन्छ । लाहाछेवर र क्यामामा चिज, छुर्पी, आलु, सेतो सिमी र वा वाहिर निकासी गर्ने स्थानीय उत्पादन हुन ।

सिफारिस

एसीसी प्रिमियर कप खेल्ने नेपाली टोलीको बिदाइ (तस्वीरहरू)

काठमाडौं - नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको बिदाइ गरेको छ । सन्दीप लामिछानेको...

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित हुन्छन्। फेरि हिजो अस्वीकार गरिएका व्यक्ति कुनै दिन आशाको केन्द्र बन्छन्। दशकौँदेखि दोहोरिइरहेको यो चक्रले...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात्...

भर्खरै

हामी नेता परिवर्तन गरिरहेका छौँ कि समस्याको समाधान खोजिरहेका छौँ ?

हिजो देवताको उचाइमा पुर्‍याइएका नेता केही समयपछि राक्षसजस्तै चित्रित...

आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व...

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

धेरै पढिएको