बागमतीको पर्यटन विकासका लागि सरकार निरन्तर काम गरिरहेको छ : मन्त्री प्रजापति

काठमाडौँ – बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायातमन्त्री राजेन्द्र प्रजापतिले बागमती प्रदेशभित्रको पर्यटन समस्या समाधानका लागि प्रदेश सरकार लागिरहेको बताउनुभएको छ ।

४७ औँ विश्व पर्यटन दिवसका अवसरमा बागमती प्रदेश पर्यटन कार्यालयले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले प्रदेशभित्रका पर्यटन समस्या गहन ढङ्गले अध्ययन गरी यसको समाधानमा लागिरहेको बताउनुभएको हो ।

मन्त्री प्रजापतिले बागमती प्रदेशको पर्यटनको विकासका लागि मन्त्रालय अहोरात्र काम गरिरहेको बताउनुभयो । “बागमतीभित्रको पर्यटन, उद्योग र यातायात क्षेत्रको समस्या समाधानमा हामी निरन्तर लागिरहेका छौँ,”–उहाँले भन्नुभयो ।

उहाँले उद्योग, पर्यटन, श्रम र यातायात क्षेत्रको समस्या समाधानका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुन नसकेको उहाँको भनाई छ । बागमती प्रदेश सरकार र केन्द्र सरकारबीच समन्वय नहुँदा काम गर्न समस्या भइरहेको मन्त्री प्रजापतिले बताउनुभयो ।

मन्त्री प्रजापतिले संस्कृति र प्रकृति नेपालको पर्यटन क्षेत्रको मुख्य आकर्षणको क्षेत्र भएकाले यसको संरक्षणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो । पर्यटन व्यवसायी र संस्कृतिकर्मीबीच समन्वय हुन जरुरी रहेको उहाँको भनाई थियो ।

काठमाडौँ भित्रको पर्यटनलाई बढाउनका लागि यहाँभित्र रहेका कला, संस्कृतिलाई सँगै लिएर अगाडि बढ्नुपर्ने उहाँले बताउनुभयो । पर्यटनलाई वढावा दिनका लागि शहरभित्रका साना गल्लीभित्र साना सवारीसाधन प्रवेश निषेध गर्न सकिन्छ की भनेर अध्ययन भइरहेको मन्त्री प्रजापतिले बताउनुभयो ।

मन्त्रालयका सचिव दिपेन्द्र सुवेदीले नेपाललाई विश्व पर्यटकीय केन्द्रका रुपमा विकास गराउन यस्ता कार्यक्रमले सहयोग पुग्ने बताउनुभयो । पर्यटन घुमफिरसँगमात्र नभई रोजगारी र अर्थतन्त्रलाई बलियो बनाउन जोडिएको विषय भएको उहाँले बताउनुभयो । नेपालको पर्यटन क्षेत्रलाई अगाडि बढाउने क्रममा विभिन्न समयमा विभिन्न वाधा व्यवधानहरु आइपर्दा समस्या परेको सचिव सुवेदीले बताउनुभयो ।

मन्त्रालयका अर्को सचिव अनिता निरौलाले वेलनेश पर्यटन र आर्टिफिसियल इन्टलिजेन्सलाई सँगै जोडेर अगाडि बढाएमात्र पर्यटन क्षेत्रबाट मुलुकले समृद्धि हाँसिल गर्न सकिने बताउनुभयो । उहाँले मुलुकको अर्थतन्त्रको मेरुदण्डका रुपमा रहेको पर्यटन क्षेत्रको विकासका लागि बागमती प्रदेशले विभिन्न कार्यक्रम अगाडि बढाएको उल्लेख गर्नुभयो ।

नेपाल पर्यटन वोर्ड सञ्चालक समिति सदस्य सहदेव (बिमल) धमलाले बागमती प्रदेशले पर्यटक क्षेत्रमा ५२ अर्बभन्दा बढी क्षति व्यहोरेको बताउनुभयो । उक्त बाढीले १८५ होटल र ६५ रेष्टुरेन्ट र त्यस क्षेत्रमा काम गर्ने सयौँ मजदुर गुमाउनुपरेको उहाँको भनाई छ ।

वोर्ड सदस्य धमलाले विश्व पर्यटन दिवसमा डिजिटल एजेन्डा र आर्टिफिसियल इन्टेलिजन्समा कसरी सही प्रयोग गर्न सकिन्छ त्यसबारे बहस र छलफल हुनुपर्ने बताउनुभयो ।

होटल सङ्घ नेपाल (हान) बागमती प्रदेशका अध्यक्ष रामसुन्दर बकेले भोटेकोशी बाढीपछि नेपालको पर्यटनबारे अन्तर्राष्ट्रिय स्तरमा नकारात्मक सन्देश गएको भन्दै यसलाई चिर्न जरुरी रहेको बताउनुभयो । उहाँले पर्यटन क्षेत्रको मेरुदण्डका रुपमा रहेको होटल क्षेत्रलाई अगाडि बढाउन सरकारले विभिन्न प्याकेज ल्याउनुपर्ने उल्लेख गर्नुभयो ।

पर्यटन कार्यालय बागमती प्रदेशका प्रमुख पवनकुमार पोखरेलले भोटेकोशी बाढीको प्रभाव नेपालको पर्यटन क्षेत्रमा परेको बताउनुभयो । “विपदका कारण पर्यटन व्यवसायी र यस क्षेत्रमा कार्यरत मजदुरलाई ठूलो असर पारेको छ,”–उहाँले भन्नुभयो । विपद्पछि नेपालको पर्यटन सुरक्षित भएको सन्देश पर्यटन दिवसले दिएको उहाँले बताउनुभयो ।

उहाँले ४७ औँ विश्व पर्यटन दिवसको अवसरमा ऐतिहासिक पाटन दरबारदेखि गहनापोखरी हुँदै धुम्बाराहीसम्म साइकल ¥याली गरिएको बताउनुभयो । प्रकृति, संस्कृतिक र साहसीक पर्यटनको लागि नेपाल सुरक्षित रहेको उहाँको भनाई छ ।

नेपाल एशोसियशन अफ ¥याफ्टिङ एजेन्सीज् (नारा)का पूर्वअध्यक्ष शिव अधिकारी, वल्र्ड साइकिलिष्ट क्लब नेपालका पूर्वअध्यक्ष कपिल शाही, संस्कृतिविद सुदर्शनराज तिवारी, अर्जुनमणि दिक्षित, जलवायु विज्ञ ङमिन्द्र दाहाललगायतले नेपाल भित्रिने विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै पर्यटक बागमती प्रदेशमा आउने भएकाले यसको विकास र विस्तारमा बागमती प्रदेश सरकार लाग्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा पाटन दरबार क्षेत्रबाट पुल्चोक– कुपण्डोल– माइतीघर–रामशाहपथ– जयनेपाल सडक– नक्साल, टङ्गाल–बालुवाटार– नारायणगोपाल चोक हुँदै धुम्बाहारीसम्म साइकल ¥याली गरिएको थियो ।

सिफारिस

वर्षाबीच नाट्टा हेरिटेज रन–२०२६ सम्पन्न, रविन्द्र र सुजिना भए प्रथम (तस्वीरहरू)

काठमाडौं : ४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) द्वारा आयोजित ६ किलोमिटर नाट्टा हेरिटेज रन–२०२६ उत्साहपूर्ण सहभागिताका...

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

भर्खरै

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

धेरै पढिएको