भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक यात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर – भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक यात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुजिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी मंसिर १२ गते (नोभेम्बर २८, २०२६) भक्तपुरको सल्लाघारी मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो ।

क्लब बागमती भक्तपुरमा आयोजित पत्रकार सम्मेलन गर्दै महोत्सवमा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारको लाइभ सांगीतिक प्रस्तुति, खाना तथा लाइफस्टाइल स्टलसँगै भक्तपुरको कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्ने कार्यक्रम समावेश गरिनेछ ।

महोत्सवमा लोकप्रिय संगीतकर्मी कुमा सागर तथा द ख्वप ब्यान्ड पहिलोपटक भक्तपुरको मञ्चमा प्रस्तुत हुँदैछन् । भक्तपुरमै फर्किएर आयोजना गर्न लागिएको ‘होमकमिङ कन्सर्ट’ कुमा सागरको सांगीतिक यात्राका लागि विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कुमा सागरसँगै ‘मुक्ति एण्ड रिभाइभल’, निभाः डंगोल र चाम्बी तामु लगायतका कलाकारले पनि प्रस्तुति दिनेछन् । महोत्सवको टाइटल प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ ।

आयोजकका अनुसार कार्यक्रम टिकटविहीन हुनेछ । तर कार्यक्रममा सहभागी हुन प्रत्येक दर्शकले एक्सट्रिम इनर्जी ड्रिंकको एउटा खाली क्यान ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

महोत्सवबाट संकलित रकममध्ये कुल नाफाको ५० प्रतिशत भक्तपुरमा सन् १९८५ देखि अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ केन्द्र सञ्चालन गर्दै आएको सामुदायिक पुनर्स्थापना संस्था (CBRO), भक्तपुरलाई प्रदान गरिनेछ । यस्तै, डिजिटल दान प्लेटफर्ममार्फत संकलन हुने सम्पूर्ण प्रत्यक्ष दान रकम पनि सीबीआरओलाई नै हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य सीबीआरओका लागि कोष संकलन गर्नुका साथै संस्थाले गर्दै आएको कामबारे जनचेतना अभिवृद्धि गर्नु रहेको छ । त्यस्तै, भक्तपुर र आसपासका बासिन्दालाई निःशुल्क उच्चस्तरीय सांस्कृतिक तथा सांगीतिक कार्यक्रम उपलब्ध गराउने, स्थानीय कला, शिल्प, संगीत तथा परिकारको प्रवर्द्धन गर्ने र स्थानीय कलाकार कुमा सागरलाई सम्मान गर्ने उद्देश्य पनि राखिएको छ ।

आयोजकले महोत्सवमा २५ हजारदेखि ३० हजार वा सोभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ । महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी संगीत, संस्कृति र सामाजिक सेवासँग जोडिएको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रहको दोस्रो संस्करण सार्वजनिक

काठमाडौं - महिलावादी अनुसन्धानमा आधारित पुस्तक ‘महिला आन्दोलनको सहखोजी : सन्धान सङ्ग्रह’ को दोस्रो संस्करण मंगलबार काठमाडौँमा सार्वजनिक गरिएको छ । द स्टोरी किचेन र...

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को उपाधि जितेकी छन्। बेलायतमा रहेका नेपाली समुदायको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी गुरुङले सेप्टेम्बर २७, २०२६...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि विराटनगर किंग्सले भारतीय मूलका अमेरिकी अन्तर्राष्ट्रिय क्रिकेटर शुभम रांजणेलाई पुनः अनुबन्ध गरेको छ। रांजणेले एनपीएलको दोस्रो...

भर्खरै

प्रायश्ना गुरुङले जितिन् मिस युनिभर्स नेपाल २०२६ को उपाधि (तस्वीरहरू)

काठमाडौं - भैरहवाकी प्रायश्ना गुरुङले ‘मिस युनिभर्स नेपाल २०२६’ को...

एनपीएल सिजन–३ का लागि शुभम रांजणे विराटनगर किंग्समा पुनः आबद्ध

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि...

धापाखेलमा ढलेको साढे दुई तले पक्की घर (तस्वीरहरू)

ललितपुर - अविरल वर्षाका कारण जमिन भासिँदा ललितपुर महानगरपालिका–२४ धापाखेलमा...

‘मिसेस नेपाल वर्ल्ड २०२६’ को स्पोर्ट्स डे सम्पन्न: टोली ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

​काठमाडौँ — रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य...

प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिता सुरु, दौडमा निर्मला र अर्जुन बने प्रथम

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले...

एनएफपिजेद्वारा रङ र कला फोटोग्राफीसम्बन्धी कार्यशाला

काठमाडौं- नेपाली फोटोग्राफी क्षेत्रमा सक्रिय फोटोपत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने...

धेरै पढिएको