भक्तपुरमा मंसिर १२ गते ‘म्युजिक जात्रा–ख्वप’ हुँदै, नाफाको ५० प्रतिशत समाजसेवामा

भक्तपुर – भक्तपुरमा पहिलोपटक ठूलो स्तरको परोपकारी सांगीतिक महोत्सव ‘म्युजिक जात्रा–ख्वप’ आयोजना हुने भएको छ । लुपिक्स इन्टरटेनमेन्ट, दृष्टिकोण र रोयल इभेन्ट्सको आयोजनामा आगामी मंसिर १२ गते (नोभेम्बर २८, २०२६) भक्तपुरको सल्लाघारी मैदानमा महोत्सव आयोजना गर्न लागिएको हो ।

 महोत्सवबारे जानकारी दिन क्लब बागमती भक्तपुरमा आयोजित पत्रकार सम्मेलनमा परम्परागत सांस्कृतिक प्रस्तुति, विभिन्न कलाकारको लाइभ सांगीतिक प्रस्तुति, खाना तथा लाइफस्टाइल स्टलसँगै भक्तपुरको कला, संस्कृति र सम्पदालाई प्रवर्द्धन गर्ने कार्यक्रम समावेश गरिने आयोजकले बताएको छ ।

महोत्सवमा लोकप्रिय संगीतकर्मी कुमा सागर तथा द ख्वप ब्यान्ड पहिलोपटक भक्तपुरको मञ्चमा प्रस्तुत हुँदैछन् । भक्तपुरमै फर्किएर आयोजना गर्न लागिएको ‘होमकमिङ कन्सर्ट’ कुमा सागरको सांगीतिक यात्राका लागि विशेष कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कुमा सागरसँगै ‘मुक्ति एण्ड रिभाइभल’, निभाः डंगोल र छाबहि दबु लगायतका कलाकारले पनि प्रस्तुति दिनेछन् । महोत्सवको टाइटल प्रायोजक एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ ।

आयोजकका अनुसार कार्यक्रम टिकटविहीन हुनेछ । तर कार्यक्रममा सहभागी हुन प्रत्येक दर्शकले एक्सट्रिम इनर्जी ड्रिंकको एउटा खाली क्यान ल्याउनुपर्ने व्यवस्था गरिएको छ ।

महोत्सवबाट संकलित रकममध्ये कुल नाफाको ५० प्रतिशत भक्तपुरमा सन् १९८५ देखि अपाङ्गता भएका बालबालिकाका लागि सिकाइ केन्द्र सञ्चालन गर्दै आएको सामुदायिक पुनर्स्थापना संस्था (CBRO), भक्तपुरलाई प्रदान गरिनेछ । यस्तै, डिजिटल दान प्लेटफर्ममार्फत संकलन हुने सम्पूर्ण प्रत्यक्ष दान रकम पनि सीबीआरओलाई नै हस्तान्तरण गरिने आयोजकले जनाएको छ ।

महोत्सवको मुख्य उद्देश्य सीबीआरओका लागि कोष संकलन गर्नुका साथै संस्थाले गर्दै आएको कामबारे जनचेतना अभिवृद्धि गर्नु रहेको छ । त्यस्तै, भक्तपुर र आसपासका बासिन्दालाई निःशुल्क उच्चस्तरीय सांस्कृतिक तथा सांगीतिक कार्यक्रम उपलब्ध गराउने, स्थानीय कला, शिल्प, संगीत तथा परिकारको प्रवर्द्धन गर्ने र स्थानीय कलाकार कुमा सागरलाई सम्मान गर्ने उद्देश्य पनि राखिएको छ ।

आयोजकले महोत्सवमा २५ हजारदेखि ३० हजार वा सोभन्दा बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ । महोत्सवलाई वार्षिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी संगीत, संस्कृति र सामाजिक सेवासँग जोडिएको अभियानका रूपमा अघि बढाउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।

अजय लेन्सम्यान
अजय लेन्सम्यान
लेन्सम्यान अन्नपूर्ण टाइम्सका फोटो पत्रकार हुन् ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको