नेविसंघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्र्रेसका युवा नेता नैनसिंह महरले फाल्गुन १४ गतेका लागि घोषणा भएको स्वबियु निर्वाचन कुनै पनि हालतमा रोकिनु नहुने बताएइका छन् । नेता महरले ३०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा रहेको स्वबियुको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका हुन् ।
नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको सो विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको नाताले स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको छ।, नेता महरले भन्छन्, पन्चायत ब्यवस्था हुँदा पनि नरोकिएको स्वबियु निर्वाचन गणतन्त्र स्थापना भएदेखि नियमित रुपमा हुनसकिरहेको छैन। विभिन्न बहानामा स्वबियु निर्वाचन रोकिदा यसले समग्र विद्यार्थी आन्दोलनलाइनै स्खलित बनाउँदै छ।
नेविसंघका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई आजै देखि स्वबियु निर्वाचनको तयारीमा जुट्न र क्याम्पसहरुमा नेविसंघको बिजयको झण्डा फहराउन समेत नेता महरले शुभकामना दिएका छन् । त्रिविविले ६१ आंगिक सहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेको छ। अब कुनै पनि बहानामा स्ववियु निर्वाचन रोकिए बिद्यार्थी चुप लागेर बस्ने छैनन्ः नैनसिंह महर
नेविसंघका निवर्तमान अध्यक्ष एवम् नेपाली कांग्र्रेसका युवा नेता नैनसिंह महरले फाल्गुन १४ गतेका लागि घोषणा भएको स्वबियु निर्वाचन कुनै पनि हालतमा रोकिनु नहुने बताएइका छन् । नेता महरले ३०३६ सालको विद्यार्थी आन्दोलनको उपलब्धिको रुपमा रहेको स्वबियुको निर्वाचन तोकिएकै मितिमा हुनुपर्ने बताएका हुन् ।
नेपाल विद्यार्थी संघको नेतृत्वमा भएको सो विद्यार्थी आन्दोलनबाट प्राप्त प्रमुख उपलब्धि भएको नाताले स्वबियु संग नेविसंघको आफ्नै किसिमको भावनात्मक साइनो रहेको छ।, नेता महरले भन्छन्, पन्चायत ब्यवस्था हुँदा पनि नरोकिएको स्वबियु निर्वाचन गणतन्त्र स्थापना भएदेखि नियमित रुपमा हुनसकिरहेको छैन। विभिन्न बहानामा स्वबियु निर्वाचन रोकिदा यसले समग्र विद्यार्थी आन्दोलनलाइनै स्खलित बनाउँदै छ।
नेविसंघका विभिन्न क्याम्पसका विद्यार्थीहरुलाई आजै देखि स्वबियु निर्वाचनको तयारीमा जुट्न र क्याम्पसहरुमा नेविसंघको बिजयको झण्डा फहराउन समेत नेता महरले शुभकामना दिएका छन् । त्रिविविले ६१ आंगिक सहित करिब ८ सय सम्बन्धन प्राप्त क्याम्पसमा फागुन १४ गते नै निर्वाचन गर्ने तयारी गरेको छ।
