काठमाडौं जिल्ला प्रशासनसँग नै छैन नागरिकताको अभिलेख

काठमाडौं – काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट जारी नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख वि.सं. २०३९ देखि २०४३ सम्मको प्रशासन कार्यालयसँग छैन ।

के कारणले अभिलेख हराएको हो भन्ने विषयमा सो कार्यालयलाई थाहा पनि छैन ।

नेपाली नागरिकताको प्रमाणपत्रको अभिलेख तत्कालीन अञ्चलाधीश कार्यालयमा पुर्याउँदा २०४६ सालको जनआन्दोलनका क्रममा अञ्चलाधीश कार्यालयमा आगलागी हुँदा अभिलेख नष्ट भएको थियो भन्ने अनुमान भए पनि यो औपचारिक रूपमा कसैले बताउन चाहँदैनन् ।

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले भने त्यतिबेलाको अभिलेख जुटाउने भएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी जीवनप्रसाद आचार्यका अनुसार यो समयमा नागरिकता प्रमाणपत्र लिएकालाई नयाँ नागरिकताको अनुसूची भर्न लगाएर सम्बन्धित वडा कार्यालयको सिफारिस र निवेदकको तीन पुस्ताभित्रकाको सही सनाखत गराएर नयाँ नागरिकताको प्रमाणपत्र प्रदान गर्ने व्यवस्था गरिएको छ ।

आजको गोरखापत्र दैनिकमा समाचार प्रकाशित छ ।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको