काठमाडौं – गायक विवेक सिंह सिलवालको नयाँ गीत ‘माया किन’ सार्वजनिक गरेका छन् । उनले मंगलबार युट्वुब च्यानलबाट आफ्नो आठौं म्यूजिक भिडियो बजारमा ल्याएका हुन्।

गीतमा गायक सिलवालले कै शब्द,संगीत र लय भरेका छन्। नेपाली सांगीतीक बजारमा सोलो रक (पप गीत) बजारमा ल्याउने गरेका सिलवालको यो गीत आज भन्दा करिव १६ बर्ष अघि नै नेपाली बजारमा चर्चित भइसेको गीत हो ।
सोहि गीत गायक सिलवालको पहिलो गीत पनि भएको गायक सिलवालले बताए । यस गीतलाई पुनः नयाँ शैली र लयमा ब्रज क्रियशन रिकर्डद्धारा प्रस्तुत गरीएको हो ।

गीतको भिडियोमा पत्रकार कमला हमाल र मोडल तुसार श्रेष्ठको अभिनय रहेको छ। पत्रकार कमला हमाल क्रियाशिल रुपमा काठमाडौंमा पत्रकारिता गर्दै आइरहेकी छिन् ।  भिडियो मेकिङ विधेक श्रेष्ठले गरेका हुन् भने छायाकंन तथा सम्पादन गायक स्वयम सिलवालले नै गरेका हुन् भने यसको निर्माता अन्जु लामा ‘एजे’ गरेकी छिन् ।

गायक सिलवालले यसअघि अघोरी हुँ म, स्वर्ग जाने बाटो, झुटो तिम्रो बोली बोलका गीत बजारमा ल्याइसकेका छन्। विगतमा बजारमा ल्याएका गीतलाई दर्शक, स्रोताले मन पराएकाले यो नयाँ गीतलाई पनि उत्तिकै माया गर्ने अपेक्षा लिएको गायक सिलवालले बताए ।

हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here