भ्यालेनटाइन्स डेमा आदित्य र नेहाको विवाह हुँदै

निकै समय अघिदेखि आदित्य नारायण र नेहा कक्कडको जोडीको असाध्यै चर्चा भइरहेको छ । इन्डियन आइडल सिजन ११ मा यी दुईको केमेस्ट्रीबारे पनि विशेष कुराकानी हुन्छ ।

यी दुईले अफ स्क्रिन नभई अन स्क्रिन विवाह गर्ने कुरा पक्कापक्की भएको छ । सोनीले एक भिडियो सेयर गरेको छ जसमा यी दुई रोमान्स गरिरहेको देख्न सकिन्छ ।

जारी गरिएको एक भिडियोमा यी दुई ‘काटे नहीं कटते दिन ये रात’ बोलको गीतमा नाचिरहेका छन् । भिडियोको क्याप्सनमा लेखिएको छ, ‘१४ फेबुअरी – मिति याद गर्नुहोस् किनभने यो दिन आदित्य र नेहा विवाह गर्दैछन् ।’

इन्डियन आइडलको मञ्चमा आदित्य र नेहाको परिवार पनि पाहुनाको रुपमा उपस्थित भइसकेका छन् । दुबैको परिवार पनि विवाहको लागि राजी छ । उदित नारायणले त निकै अघि यसमा स्विकारोक्ति दिइसकेका छन् ।

उदित नारायणका साथै उनकी श्रीमती दिपा नारायण पनि नेहालाई आफ्नो घरको बुहारी बनाउन चाहिन्छन् । इन्डियन आइडल ११ को सेटमा भ्यालेन्टाइन्स डे स्पेशल एपिसोडमा यी दुईले सात फेरो पनि लिने सोनी टिभीले बताएको छ ।

यसबाहेक नेहा कक्कड र आदित्य नारायणले पनि सोसल मिडियामा यसबारे जानकारी साझा गरेका छन् । नेहाले पनि इन्स्टाग्राममा एउटा फोटो पोष्ट गर्दै लेखेकी छिन्, ‘फेब्रुअरी १४’ ।

यस्तै आदित्य नारायणले पनि इन्स्टाग्राममा फोटो पोष्ट गर्दै लेखेका छन्, ‘मेरो मुटुको एउटा टुक्रा’ ।

उनीहरुको प्रेम र विवाहको यो फन्डा चर्चा कमाउने एउटा माध्यमको रुपमा प्रयोग गरिएको देखिएको छ ।

सिफारिस

कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न जुत्ता चप्पल व्यवसायीकाे माग

काठमाडौं - नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघले उद्योगी र व्यवसायी दुबैलाई कच्चा पदार्थ आयात गर्दा समान भन्सार दर कायम गर्न माग गरेको छ...

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

काठमाडौँ - नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्की तोकिएका छन् । आईजीपी वसन्त कुँवरले कार्कीलाई प्रहरी प्रवक्ताको जिम्मेवारी दिएका हुन् । यसअघिका...

फ्रान्स लागे मेयर बालेन शाह

काठमाडौँ - कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) आज फ्रान्स प्रस्थान गरेका छन् । कान्सका मेयर...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरी प्रवक्तामा एसएसपी दान बहादुर कार्की

काठमाडौँ - नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक दान...

फ्रान्स लागे मेयर बालेन शाह

काठमाडौँ - कान्स फिल्म फेस्टिभलको ७७ औँ श्रृङ्खलामा भाग...

मौसम : आज कहाँ कहाँ पर्छ पानी ?

हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुसँगै भारतको बिहार...

एआइजी र डिआइजीलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं – नेपाल प्रहरीका दुई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)...

पाँच किलो सुनसहित २ भारतीय पक्राउ

काठमाडौं - पाँच किलो एक सय ग्राम सुनसहित त्रिभुवन...

कस्तो रहला आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

धेरै पढिएको