जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको चलचित्र ‘आखाँ’मा अभिनेता आर.के मेहता अनुबन्धित

निर्देशक जौन योञ्जनको निर्देशनमा निर्माण हुन लागेको नयाँ चलचित्र आखाँमा अभिनेता आर.के मेहता अनुबन्धित भएका छन् । मेहता इटलीबाट अभिनय पढेर आएका हुन् l उनले नेपाल र इटलीमा गरि धेरै नाटकहरुमा अभिनय कौसल देखाईसकेका छन l आफु मेहनत र इमान्दार भइ काम गर्ने र अभिनय क्षेत्रलाइ थप उचाईमा पुर्याउने इच्छा रहेको कुरा बताएका छन l यसै चलचित्रको लागि उनले १५ के.जी. तौल घटाई रहेको बताएका छन l

जौन योञ्जनकै कथा रहेको फिल्मको पटकथा योन्जन आफैले तयार पारेका हुन् । योन्जनले यसअघि फिल्म ‘बाह्र सत्ताइस’ निर्देशन गरेका थिए र उनकै लेखन र निर्देशकमा बनेको फिल्म ‘म राजेश हमाल’ को सम्पादनमा रहेको छ l अलोक शुक्लाले खिच्ने फिल्ममा मुख्य सहायक निर्देशक सन्तोष मल्ल र सहायक निदेशक धुर्ब कार्की रहेका छन भने कार्यकारी प्रोडक्सन हेड सुबाश सिंह ठकुरीले सम्हालेका छन l फिल्म २४ वैशाखबाट फ्लोरमा जाने निर्माण टिमले जनाएको छ ।

लामा सिनेमास् को प्रस्तुति रहेको चलचित्रलाइ साइलेन्ट एक्ट र ढाका टोपी फिल्मले निर्माणमा सहकार्य गरेका छन । फिम ‘आँखा’ निम्नवर्गीय परिवारको सोसियल ड्रामामा आधारित कथा हो । धनी र गरिबबीचको खाडल र मानवताको पाटोलाई दर्शाउने गरी बिभिन्न पात्रको आखाबाट चलचित्रलाइ देखाउन खोजेको निर्माण टिमले जनाएको छ ।

अभिनेत्री निशा अधिकारि पनि यस चलचित्र आखाँमा अनुबन्धित भइसकेकी छिन l निशाले झण्डै पाँच वर्षअघि क्रिकेटर शरद भेस्वाकरसँग विवाह गरेकी थिइन् । त्यसयता उनी फिल्ममा सक्रिय देखिएकी थिइनन् । निशा अभिनित पछिल्लो फिल्म ‘पोखराकी काली’ थियो । ‘०७४ सालमा विवाह भयो । त्यसपछि बाबुलाई जन्म दिएँ । ०७७ बाट कमब्याक गर्छु भन्ने थियो, कोभिडले दुई वर्ष अझै लम्ब्याइदियो,’ उनले भनिन् । दुई वर्षअघि निशाले महिनावारको मुद्दामाथि सर्ट फिल्म ‘कति पर’को निर्देशन गरेकी थिइन् । अब भने निशा धमाधम फिल्ममा व्यस्त हुन थालेकी छन् ।

सिफारिस

एसईईको नतिजा सार्वजनिक, कति भए पास ?

काठमाडौं - माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले आज नतिजा सार्वजनिक गरेको हो। नतिजा अनुसार ६५.९८ प्रतिशत परीक्षार्थी उत्तीर्ण...

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सुरु भएको छ। नेपाली सेना र पत्रकारबीचको सम्बन्धलाई थप मजबुत, विश्वसनीय तथा परिष्कृत बनाउने उद्देश्यले...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका लागि लेवनानमा तैनाथ सबजु गण (शान्ति सेना) को अदलीबदली भएको छ ।शान्ति सेना ६६ औँ...

भर्खरै

रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सुरु

काठमाडौँ —  नेपाली सेनाको आयोजनामा ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’...

लेवनानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौँ - संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापना कार्यका...

सहकारी बचतकर्ताको रकम फिर्ता गर्न कोष स्थापना गरिने

काठमाडौँ - सरकारले समस्याग्रस्त सहकारी संस्थामा जम्मा गरेका बचतकर्ताको...

नीति तथा कार्यक्रमको पहिलो प्राथमिकता पर्यो संविधान संशोधन

काठमाडौं - सरकारको नीति तथा कार्यक्रमको पहिलो प्राथमिकतामा संविधान...

संसदमा राष्ट्रपतिलाई सेनाको सलामी (तस्बिरहरु)

राष्ट्रपति रामचन्द्र पौडेललाई संसद भवनमा स्वागत गरिएको छ ।...

बैजनी फूलले ढकमक्क महालक्ष्मीस्थान (तस्वीरहरू)

काठमाडौँ - महालक्ष्मीस्थान यतिबेला ज्याकारान्डा (Jacaranda) फूलले ढकमक्क बनेको...

धेरै पढिएको