भारत- ओडिसाको गंजाम जिल्लास्थित गोलन्तारामा एउटा गुडिरहेको बस विजुलीमा बिजुलीको तारले छुँदा बसमा आगलागी भएको छ। घटनामा ६ जनाको मृत्यु भएको छ।
घटनामा ४० जना भन्दा बढी यात्रु घाइते भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार जंगलपाडुबाट चिकरादा जाँदै गरेको बसमा ११ किलो वाटको बिजुलीको तारमा छोइएको थियो। जसका कारण बसमा आगलागी भएको थियो।
आइतबार एउटा गाउँमा बिहेको तयारीमा जान लागेका यात्रुहरु बोकेको बस दुर्घटनामा परेको हो।
दुर्घटनालगत्तै स्थानीयहरु बसमा पुगेर भित्र रहेका यात्रुहरुको उद्धार गरेका थिए।
नजिक रहेको प्रहरी र दमकलले तत्कालै काम सुरु गरेपछि ठूलो क्षति हुन नपाएको अधिकारीहरुले जनाएका छन्।
बसमा बिजुलीको तार छोइएको थाहा पाउनासाथ विद्युत कार्यालयले विद्युत प्रसारण काटिदिएको थियो।
