सकड र सदन अवरोध गरेर अब कांग्रेसले गच्छदारलाई साथ नदिने !

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भ्रष्टाचार काण्डमा मुछिएका आफ्ना उपसभापति एवम् संसदीय दलका उपनेता विजयकुमार गच्छदारको बचाउमा अब साथ नदिने भएको छ । सोमबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा अधिकांश केन्द्रीय सदस्यहरुले विशेष अदालतमा मुद्दा दायर भैसकेको अवस्थामा अब पार्टीले उनको बचाउमा सकड संघर्ष र सदन अवरोध गर्नुको कुनै अर्थ नहुने धारणा राखेका थिए ।

पूर्वमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य गगन कुमार थापाले यो विषय अदालतमा पुगेकोले अब गच्छदार आँफैंले यो विषयमा लड्नुपर्ने धारणा राखे । उनले सम्बन्धित नै नभएको मन्त्रालयबाट यो प्रकरणमा क्याविनेटमा प्रस्ताव लैजानुको कारण के थियो रु भन्दै गच्छदारलाई प्रश्न गरेका थिए । महामन्त्री डा। शशांक कोइरालाले पनि सुरुदेखि नै यो प्रकरण अदालतमा पुगिसकेकोले अब सडक संघर्ष र सदन अवरोध गर्न नहुने बताउँदै आएका छन् ।

हुन त गच्छदारको बचाउमा पार्टीले लगातार संसद समेत अवरुद्ध गर्दै आएको छ । यसले पनि पार्टीलाई निकै आलोचित तुल्याएको छ । धेरैजसो बुद्धिजिवीले कांग्रेस गच्छदारसँगै शति जान लागेको छ भनेर टिप्पणी गरेका छन् । काँग्रेसले ललिता निवासको जग्गा सम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रस्तुत गरेको अभियोग पत्र आफैँमा विरोधाभाषपूर्ण एवं दोहोरो मापदण्डयुक्त भएको जनाएको छ ।

आजको बैठकले आयोगले पार्टीका उपसभापति गच्छदारमाथि नेपाल सरकारको प्रभाव र दबाबमा मुद्दा दायर गरेको आरोप लगाएको हो । “यो कार्य राजनैतिक पूर्वाग्रह र बदनियतले प्रेरित रहेको ठहर गर्दै बैठक घोर भत्र्सना र खेद व्यक्त गर्दछ, यस्तो प्रतिशोधपूर्ण व्यवहारको राजनीतिक रुपले प्रतिवाद गर्ने निर्णय गर्दछ”, बैठकपछि पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सिफारिस

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका ९६ जना प्राविधिक उपसेनानीलाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको छ। जङ्गी अड्डामा आयोजित एक कार्यक्रममा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

मतदानका लागि यसरी तयार गरिँदैछ बुथ (तस्वीरहरू)

काठमाडौं - भोलि हुने निर्वाचनको लागि मतदान केन्द्र बुथहरु...

धेरै पढिएको