एमालेका थकालीलाई २ मतले पराजित गर्दै कांग्रेसका लालचन निर्वाचित

मुस्ताङको घरपझोङ गाउँपालिकामा कांग्रेस विजयी भएको छ । शनिबार बिहान सकिएको मत गणनाअनुसार घरपझोङ गाउँपालिका प्रमुखमा कांग्रेसका मोहनसिंह लालचन निर्वाचित भएका हुन् ।

लालचनसँग एमालेका सञ्जयकुमार थकाली २ मतले पराजित भएको एमालेकी केन्द्रीय सदस्य श्रीमाया थकालीले जानकारी दिइन् । यसैगरी उपाध्यक्षमा कांग्रेसकै जमुना थकाली निर्वाचित भएकी छिन् । थकालीले ६९३ मत ल्याउँदा उनकी प्रतिद्वन्द्वी एमालेकी मीमकुमारी शेरचनले ६१८ मत पाइन् ।

त्यस्तै मनाङकै नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन् । योसँगै स्थानीय तह निर्वाचन २०७९मा नेपाली कांग्रेसले जितको खाता खोलेको छ । १५८ मत ल्याएर लामा विजयी भएका हुन् ।

मध्यरातमा सकिएको मतगणनाअनुसार लामाका निकटतम् प्रतिद्वन्द्ववी स्वतन्त्र उम्मेदवार कृष्णबहादुर लामा १११ मत पाएका छन् । ४ सय ८४ मतदाता रहेको गाउँपालिकामा ३०४ मत खसेको थियो । ३५ मत भने बदर भएको छ ।

लालझाडी गाउँपालिका–६ को वडा अध्यक्षमा कांग्रेसका हर्कनारायण जोशी निर्वाचित भएका छन् । जोशीले ४६४ मत पाउँदा उनका निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका फुलाराम चौधरीले ३४९ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका नेकपा एमालेका जितबहादुर चौधरीले २६६ मत ल्याए ।

वडा सदस्यहरुमा पनि नेपाली कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । त्यस्तै गुल्मीको रेसुङ्गा नगरपालिकामा २ को वडाध्यक्षमा काङ्ग्रेसका हिराबहादुर थापा ४८२ मतसहित विजयी भएका छन। वडामा काङ्ग्रेसले प्यानलै जितेको हो।मेयरमा पनि कांग्रेसले सुरुवाती अग्रता लिएको छ।

गठबन्धनका तर्फबाट प्रमुखमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका खिलध्वज पन्थीले १८२९ मत सहित अग्रता लिइरहेका छन्।उनलाई नेकपा एमालेका राजेन्द्रप्रसाद पाण्डेयले १३ सय ६५ मतसहित पछ्याइरहेका छन्।

सिफारिस

विशेष महाधिवेशन माघ ६ पछिलाई सारौँ : शेखर कोइराला

नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले सहमतिका आधारमा केन्द्रीय कार्यसमितिले नै विशेष महाधिवेशन आह्वान गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। मंगलबार आफ्नो निजी सचिवालयमा पार्टीका ३०...

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल खरिद कम नगरे भन्सार शुल्क (ट्यारिफ) बढाउने चेतावनी दिएका छन्। आइतबार पत्रकारहरूसँग बोल्दै उनले भारतीय...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु राणा देउवा सोमबार भारत प्रस्थान गरेकी छन्। उनी नेपाल एयरलाइन्सको विमानमार्फत नयाँ दिल्ली गएकी हुन्। यसअघि...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

मोदी राम्रो मान्छे भए पनि आफूलाई खुसी नबनाएको भन्दै ट्रम्पको असन्तुष्टि

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले रुसबाट तेल...

प्रचण्डपछि किन भारत प्रस्थान गरिन् आरजु राणा ?

काठमाडौं – नेपाली कांग्रेसकी नेतृ तथा पूर्व परराष्ट्रमन्त्री आरजु...

क्रिकेटले नेपालीलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : राष्ट्रपति

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले टी–२० विश्वकपको ट्रफी नेपाल...

पृथ्वी जयन्ती मनाउँदै सेना, गोरखाबाट पदयात्रा शुभारम्भ (तस्वीरहरू)

काठमाडौं - ३०४ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता...

स्थानीय तह त्यागेर यी तीन मेयरको नजर सिंहदरबारतिर

काठमाडौं - प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा स्थानीय तहका निर्वाचित...

ईक्यानको केन्द्रीय सदस्यमा नवराज नेपालको उम्मेदवारी

काठमाडौं- नेपाल शैक्षिक परामर्श संघ (ईक्यान–ECAN) को आगामी २०औँ...

धेरै पढिएको