अझैं पुगेन विद्यार्थीको हातमा पुस्तक, निजि क्षेत्र भन्छ – हामीलाई जिम्मेवारी दे १५ दिनभित्र देशभर पुर्याउँछौं

शैक्षिक शत्र सुरु भएको धेरै दिन वितिसक्दा पनि सरकारी स्वामित्वको जनकशिक्षा सामग्री केन्द्रले सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई पाठ्यपुस्तक पुर्याउन नसकेकोमा मुद्रण व्यवसायीहरुको छाता संगठन नेपाल मुद्रण उद्योग महासंघले  गम्भिर आपत्ति प्रकट गरेको छ । सरकारको एउटा संस्था जोगाउने बहानामा लाखौ विद्यार्थीहरुमाथि खेलवाड गरेको भन्दै  चिन्ता व्यक्त गरेको  हो ।

संघले आज एक विज्ञप्ति जारी गर्दै जनक शिक्षाले अझैपनि आफ्नो जिम्मेवारी पूरा गर्न नसकेको कारण विद्यार्थीको पठनपाठनमा गम्भिर असर परेको भन्दै यस्तो अवस्थामा पनि निजि क्षेत्रलाई खुम्च्याएर छपाई तथा वितरणको अनुमति नदिएकोले यो भयावह अवस्था आएको बताएको छ ।

उसले निजी क्षेत्रसँग सहकार्य गरेर कम्तीमा कक्षा १ देखि ८ सम्मका पाठ्यपुस्तक छपाइ तथा वितरणको अनुमति दिएमा निजी क्षेत्रले १५ दिनमै देशैभरि पाठ्यपुस्तक विद्यार्थीको हात-हातमा पुर्‍याउने दाबी गरेको छ ।

२०६४ सालबाट कक्षा १ देखि कक्षा ८ सम्मका सामुदयिक विद्यालयका पाठ्यपुस्तक छपाई तथा वितरणको जिम्मेवारी निजि क्षेत्रले समयमा नै  पूरा गरेको सम्झिदै पाठ्यपुस्तक छपाई तथा वितरणमा त्यस पछिका वर्षहरुमा सहजता आएको भए पनि यस वर्ष जनक शिक्षाले खेलवाड गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।

 सोही कार्य गर्न निजि क्षेत्रले गरेको अरवौं रुपैयाको छपाई मेसिन कामको अभावका कारण खालि छन् तर निजि क्षेत्रलाई पाठ्यपुस्तक छपाईमा कक्षा थप गराउन शिक्षा मन्त्रालयमा र मातहतका निकायहरुलाई कयौँ पटक अनुरोध गर्दा पनि हाम्रो कुरा सुनुवाई नभएको महासंघले जनाएको छ।

एउटा सरकारी संस्था जोगाउने वहानामा ९० लाख विद्यार्थीको भविष्यमाथि भएको खेलवाड महासंघलाई किमार्थ स्वीकार्य नहुने बताएको छ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको