२५ प्रतिशतसम्म बढ्ने भयो सरकारी कर्मचारीको तलब

काठमाडौँ – सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने तयारी गरेको छ। विगत तीन वर्षदेखि तलब वृद्धि हुन नसक्दा कर्मचारीमा नैराश्यता छाएको र सरकारी सेवाप्रतिको आकर्षण घटेको ठहर गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले तलब बढाउने योजना अघि सार्नुभएको हो। अन्तिम पटक आर्थिक वर्ष २०७९/८० मा १५ प्रतिशतले तलब बढाइएको थियो।

मुख्यसचिव सुमनराज अर्यालको अध्यक्षतामा गठित ‘तलब भत्ता पुनरवलोकन समिति’ले १५ देखि २५ प्रतिशतसम्म तलब बढाउन सरकारसमक्ष सिफारिस गरेको छ। हाल कार्यालय सहयोगीको तलब २४,७०२ रुपैयाँ र मुख्यसचिवको ७७,२११ रुपैयाँ रहेको छ। यसअघि लिलामणि पौडेल संयोजकत्वको उच्चस्तरीय आयोगले न्यूनतम तलब ३५ हजार र मुख्यसचिवको १ लाख २२ हजार ५०० रुपैयाँ बनाउन सुझाव दिएको थियो।

ऋण लिएर कर्मचारीलाई तलब खुवाउनु सकारात्मक नहुने भएकाले सरकार करको दर घटाएर दायरा फराकिलो बनाउने रणनीतिमा छ। नेपालको करिब ४९.९ प्रतिशत अनौपचारिक अर्थतन्त्रलाई करको दायरामा ल्याएर राजस्वको स्रोत बढाई तलब वृद्धिको खर्च धान्ने सरकारको योजना छ।

सिफारिस

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै आएको संयुक्त सैनिक तालिम ‘अभ्यास सूर्यकिरण’को २०औँ संस्करण आजदेखि रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा...

भर्खरै

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

धेरै पढिएको