शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं – राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा पहिलो पटक शान्ति स्थापना अभियान सुरु गरेको सम्झनामा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ।

यस अवसरमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ।

ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा जुन १ (जेठ १८) मा आयोजित विशेष कार्यक्रममा महासचिव  एन्टोनियो गुटरेसले शान्ति सैनिकहरूको सम्मानमा पुष्पचक्र अर्पण गर्नेछन्।

कार्यक्रममा विश्वभरका शान्ति अभियानमा ज्यान गुमाएका ६८ सैनिक, प्रहरी तथा नागरिक कर्मचारीलाई मरणोपरान्त ‘ड्याग ह्यामर्शोल्ड पदक’ प्रदान गरिनेछ। यस वर्ष उक्त पदकबाट नेपाली शान्ति सैनिक सुरज लामिछाने र देवीराम जैसी लाई मरणोपरान्त सम्मान गरिने भएको छ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल रहेको छ। हाल नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी विभिन्न शान्ति अभियानमा कार्यरत छन्।

नेपालले दशकौँदेखि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सक्रिय योगदान दिँदै आएको छ र नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको