शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं – राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम एसियामा पहिलो पटक शान्ति स्थापना अभियान सुरु गरेको सम्झनामा शुक्रबार राष्ट्रसङ्घीय शान्ति सैनिक दिवस मनाइँदै छ।

यस अवसरमा कर्तव्यपालनका क्रममा ज्यान गुमाएका दुई नेपाली शान्ति सैनिकलाई मरणोपरान्त सम्मान प्रदान गरिने भएको छ।

ललितपुरस्थित राष्ट्रसङ्घीय कार्यालयका अनुसार न्युयोर्कमा रहेको संयुक्त राष्ट्रसङ्घको प्रधान कार्यालयमा जुन १ (जेठ १८) मा आयोजित विशेष कार्यक्रममा महासचिव  एन्टोनियो गुटरेसले शान्ति सैनिकहरूको सम्मानमा पुष्पचक्र अर्पण गर्नेछन्।

कार्यक्रममा विश्वभरका शान्ति अभियानमा ज्यान गुमाएका ६८ सैनिक, प्रहरी तथा नागरिक कर्मचारीलाई मरणोपरान्त ‘ड्याग ह्यामर्शोल्ड पदक’ प्रदान गरिनेछ। यस वर्ष उक्त पदकबाट नेपाली शान्ति सैनिक सुरज लामिछाने र देवीराम जैसी लाई मरणोपरान्त सम्मान गरिने भएको छ।

संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनमा सबैभन्दा धेरै सुरक्षाकर्मी परिचालन गर्ने मुलुक नेपाल रहेको छ। हाल नेपालबाट ३६४ महिलासहित चार हजार ३०० भन्दा बढी सैनिक तथा प्रहरी कर्मचारी विभिन्न शान्ति अभियानमा कार्यरत छन्।

नेपालले दशकौँदेखि संयुक्त राष्ट्रसङ्घीय शान्ति स्थापना अभियानमा सक्रिय योगदान दिँदै आएको छ र नेपाली शान्ति सैनिकहरूले विश्व शान्ति कायम राख्न महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका छन्।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको