मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न सरकारसँग महेश बस्नेतको माग

काठमाडौं – नेकपा (एमाले) का सचिव महेश बस्नेत ले जेनजी आन्दोलनका क्रममा दोषी ठहर भएका व्यक्तिमाथि अविलम्ब र निष्पक्ष कानुनी कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन्।

राष्ट्रिय मानवअधिकार आयोगले सार्वजनिक गरेको प्रतिवेदन र सिफारिसका आधारमा दोषीमाथि कानुनी कारबाही हुनुपर्नेमा उनले जोड दिएका हुन्।

बस्नेतले वर्तमान सरकारले न्यायपूर्ण र निष्पक्ष कार्यशैली प्रदर्शन गर्नुपर्ने उल्लेख गर्दै सरकार गठन भएको केही समयमै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखक विरुद्ध कारबाही प्रक्रिया अघि बढाइएको प्रसङ्ग स्मरण गराए।

‘तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीमाथि तत्काल कारबाही गरेर बहादुरी देखाएको सरकारले मानवअधिकार आयोगले सिफारिस गरेका दोषीमाथि कारबाही गरेर देखाउँछ कि देखाउँदैन, यो अहिलेको मुख्य प्रश्न हो,’ बस्नेतले भने।

उनले आयोगले थप अनुसन्धानका लागि सिफारिस गरेका व्यक्तिलाई राजनीतिक वा अन्य कुनै आधारमा संरक्षण दिन नहुने धारणा व्यक्त गरे।

एमाले सचिव बस्नेतले आयोगको सिफारिस कार्यान्वयनमा सरकारले ढिलाइ गरे गम्भीर राजनीतिक र कानुनी जटिलता उत्पन्न हुन सक्ने चेतावनी दिएका छन्। आयोगको सिफारिस कार्यान्वयन नभए सरकारमाथि प्रतिशोधपूर्ण राजनीति, विभेदकारी व्यवहार तथा चयनात्मक न्यायको आरोप लाग्न सक्ने उनको भनाइ छ।

न्याय सबैका लागि समान हुनुपर्ने संवैधानिक सिद्धान्तलाई आत्मसात् गर्न आग्रह गर्दै उनले जेनजी आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लङ्घनका घटनामा सरकारको आगामी कदमले नै विधिको शासनप्रतिको प्रतिबद्धता पुष्टि गर्ने बताए।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको