चिकित्सा शिक्षा आयोगले बढायो एमबीबीएस अध्ययनको शुल्क

काठमाडौं – चिकित्सा शिक्षा आयोगले शैक्षिक सत्र २०७८/७९ का लागि चिकित्सा शिक्षाका विभिन्न विषयको शुल्क वृद्धि गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले हाल कायम रहेको शैक्षिक शुल्कमा ३.६ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेको सदस्य सचिव डा.भोजराज काफ्लेले जानकारी दिए ।

गत सालको समग्र मूल्य वृद्धिलाई आधार मानेर शुल्क निर्धारण गरिएको सदस्य सचिव डा.काफ्लेले बताए । उनले भने ‘हामीले गत वर्षको मुद्रास्फीति प्रतिशतलाई आधार मानेर शुल्क निर्धारण गर्ने निर्णय गरेका छौं ।’

शैक्षिक सत्र २०७७/७८ मा आयोगले एमबीबीएस अध्ययनका लागि उपत्यकाभित्रका मेडिकल कलेजमा ४० लाख २३ हजार २५० रुपैयाँ शुल्क तोकेको थियो ।

तर चालु शैक्षिक सत्रमा ४१ लाख ६८ हजार ८७ रुपैयाँ पुगेको छ । उपत्यका बाहिरको मेडिकल कलेजमा एमबीबीबएस अध्ययनको शुल्क ४४ लाख ३६ हजार २५ रूपैयाँबाट बढेर ४५ लाख ९५ हजार ७२१ रुपैयाँ पुगेको छ ।

त्यस्तै बीडीएसका लागि गत शैक्षिक सत्रमा २० लाख १९ हजार ५८० शुल्क तोकिएकोमा यो शैक्षिक सत्रमा बढेर २० लाख ९२ हजार २८४ पुगेको छ । बीएससी नर्सिङ कार्यक्रमको लागि गत शैक्षिक सत्रमा विद्यार्थीले १० लाख शुल्क तोकिएकाेमा यस वर्ष बढेर १० लाख ३६ हजार रुपैयाँ पुगेको छ ।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको