कोरियन भाषा परीक्षा आजदेखि सुरु, यस वर्ष कति हजार जान पाउँछन् ?

काठमाडौं – कोरियन भाषा परीक्षा आजदेखि सुरु हुने भएको छ। कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा आजदेखि सञ्चालन हुन लागेको हो।

वैदेशिक रोजगार विभागअन्तर्गतको रोजगार अनुमति प्रणाली (ईपीएस) शाखाले कोरिया जानका लागि आवेदन दिएकामध्ये कृषि तथा पशुपालन क्षेत्रको भाषा परीक्षा आजदेखि असार ३ सम्म सञ्चालन हुन लागेको हो।

इपिएस शाखाका अनुसार परीक्षा ललितपुरको भैँसेपाटीस्थित सिबिटी भवनमा ३ सिफ्टमा सञ्चालन हुने छ। जस अनुसार पहिलो सिफ्ट बिहान १० बजेदेखि सुरु हुनेछ भने दोस्रो सिफ्ट बिहान साढे ११ बजे र तेस्रो सिफ्ट दिउँसो २ बजे सुरु हुने छ।

परीक्षा सुरु हुनु भन्दा एक घण्टा अगावै परीक्षार्थीहरुलाई परीक्षा हल भित्र अभिमुखीकरण दिइने छ। रोजगारीका लागि कोरिया जान ४३ हजार भन्दा बढीले आवेदन दिएका छन्।

भाषा परीक्षा पास गरेकामध्ये ९ हजार ५ सय १३ जनालाई यसै वर्ष कोरिया पठाउने तयारी छ। यसअघि वैशाख २६ देखि सञ्चालन गर्ने भनिए पनि स्थानीय तहको निर्वाचनका कारण स्थगन गरिएको थियो।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको