रामेछाप सैपुले विद्यालय मर्जको प्रक्रिया अगाडि बढाउने, आइतबार पनि पढाई हुने

रामेछाप – लिखु तामाकोसी गाउँपालिका-२ सैपुका सामुदायिक विद्यालय आइतबार खुल्ने भएका छन्। शुक्रबार वडा अध्यक्ष सन्तोष पौडेलको अध्यक्षतामा बसेको बैठकले आइतबार सामुदायिक विद्यालयमा सार्वजनिक बिदा नदिने निर्णय गरेको हो।

बैठकले प्रत्येक सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको विवरण संकलन गरी विद्यालय मर्ज गर्ने वा घटाउने प्रक्रिया गाउँ शिक्षा समिति र वडा शिक्षा समिति गठनपश्चात कानुनअनुसार प्रक्रिया अगाडि बढाउने निर्णय भएको वडाध्यक्ष पौडेलले जानकारी दिए।

यसैगरी बैठकले शिक्षकलाई नेपाल सरकारले तोकेको पोसाक अनिवार्य लगाउन निर्देशन दिँदै निजी शिक्षकलाई पोसाक भत्ताका लागि बजेट गाउँ सभामा पेश गर्ने निर्णयसमेत गरेको छ। श्रावणबाट नयाँ पोसाक तोकेर लगाउने सहमति भएको छ।

बैठकले गाउँ सभाबाट विनियोजन गरिएको बालबालिकाका लक्षित कार्यक्रम अन्तरगतको २ लाख रुपैयाँले प्राथमिक तहमा अध्ययनरत विद्यार्थीलाई वडा कार्यालयको छापसहितको झोला वितरण गर्ने निर्णय गरेको छ।

शिक्षा शाखा प्रशासन सहायक जयकृष्ण चौलागाईको प्रमुख आतिथ्यतामा बसेको बैठकमा सैपुका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, शिक्षक र सरोकारवालाहरु सहभागी थिए।

भेलामा सहभागीहरुले सैपुका विद्यालयको शिक्षाको गुणस्तर तथा व्यवस्थापन सुधारका लागि उनीहरु एकजुट हुने बताएका छन्। उनीहरुले शैक्षिक एकरुपता कायम गर्न पालिकास्तरीय क्यालेण्डर समयमै प्रकाशित गरी वितरण गर्न गाउँकार्यपालिकाको बैठकमा पेश गर्न निर्णय समेत गरेका छन्।

सिफारिस

यस्तो छ अर्थमन्त्री स्वर्णिमको पहिलो बजेट (पूर्णपाठ)

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि २१ खर्ब २४ अर्ब रूपैयाँको बजेट प्रस्तुत गरेको छ। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा शुक्रबार...

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले न्यूनतम ४० हजार पाउने भएका छन्। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका अनुसार आधारभूत तलबमानमा १० प्रतिशत,...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका बेला सांसद हर्क साम्पाङ संसद भवनबाट बाहिरिएका छन्। अचानक आवश्यक काम परेका कारण आफू संसदबाट बाहिरिनुपरेको...

भर्खरै

बढ्यो कर्मचारीको तलब ,अब न्युनतम ४० हजार

सरकारले कर्मचारीको तलब २१ प्रतिशतले बढाएको छ। योसँगै उनीहरुले...

बजेट प्रस्तुत भइरहँदा सांसद हर्क साम्पाङ संसदबाट बाहिरिए

काठमाडौँ - आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत भइरहेका...

अब बन्छ देश भन्दै टुँडिखेलमा यसरी मनाइयो गणतन्त्र दिवस (तस्वीरहरू)

काठमाडौं - संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको १८ वर्ष...

रविन्द्र ढाँटले रचे इतिहासः यूएफसीको सेमिफाइनलमा प्रवेश

काठमाडौं- नेपालका रवीन्द्र ढाँटले यूएफसीको छनोट प्रतियोगिता रोड टु...

शान्ति सैनिक दिवसमा दुई नेपाली सैनिकलाई मरणोपरान्त सम्मान गरिने

काठमाडौं - राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले सन् १९४८ मा पश्चिम...

धेरै पढिएको