आज महानायक राजेश हमालको जन्मदिन, कति वर्ष पुगे ?

महानायक राजेश हमालले आज जन्मोत्सव मनाउँदैछन् । उनलाई सामाजिक सञ्जालमा फ्यानदेखि दर्शकसम्मले शुभकामना दिइरहेका छन् ।

उमेरलाई अंकको रुपमा मात्र बुझ्न आग्रह गर्ने हमालको जन्म २०२१ साल जेठ २६ गते भएको हो ।आफूलाई सँधै युवा भन्न रुचाउने हमालले २०४६ सालमा अभिनेताको रुपमा डेब्यु गरे ।

त्यस अगाडि उनको पहिचान मोडलको रुपमा स्थापित थियो । उनले साइनोमा आफ्नै मामा पर्ने दीपक रायमाझीको फिल्म ‘युग देखि युगसम्म’ मार्फत २०४६ सालमा डेब्यु गरेका हुन् ।

हमालले प्रेमिका मधु भट्टराईसँग विवाह गरेका छन् । २ सय भन्दा बढी चलचित्रमा अभिनय गरेका अभिनेता हमालले पछिल्लो समय भने टेलिभिजन, म्युजिक भिडियो, विज्ञापन र स्टेज शो मा व्यस्त छन् ।

दुई दशक अगाडि अनुहार बिक्ने हिरोको रुपमा परिचित हमालले पछिल्लो समय फिल्म भने गरिरहेका छैनन् । उनले कमब्याक गर्ने भनिएको फिल्म ‘बागमती’ असफल रह्यो । त्यसपछि फिल्मबाट टाढिएका अभिनेता हमालले ‘सत्यम’ मार्फत कमब्याकको योजना बनाए ।

फिल्म निर्माण वा निर्देशनको विधामा सक्रिय हुने भनिएका हमालले अझै त्यसलाई मूर्तरूप दिएका छैनन् । आधिकांश फिल्मकर्मीले उनले यो समयमा फिल्म निर्माण वा निर्देशनमा आएको हेर्न चाहेका छन् । यद्यपि त्यो अझै सम्भव देखिएको छैन ।

त्यस्तै हमालले आफ्नो जन्मदिनको पूर्वसन्ध्यामा सिन्धुपाल्चोक पुगेर विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्। सिन्धुपाल्चोकको इन्द्रवती गाउँपालिका, ८ ज्यामिरेको पञ्चकन्या आधारभूत विद्यालय र सर्बसुधार आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीलाई ट्याब वितरण गरेका हुन्। हमालले वितरण गरेको ट्याब ‘के फाण्डेशन’ले उपलब्ध गराएको थियो।

लामो समयदेखि अमेरिका बस्दै आएका प्रकुल न्यौपानेको सहयोगमा विद्यालयका लागि ५/५ वटा ट्याब वितरण गरिएको हो। १६ वर्षका प्रकुल ट्याब विद्यार्थीको सिकाइमा सहयोगी हुने भएकाले सहयोग गरेको बताएका छन्।

ट्याब वितरण गर्दै हमालले दुर्गम क्षेत्रका विद्यार्थीलाई डिजिटल प्रविधिसँग जोड्न प्रकुलले गरेको सहयोग प्रशंसनीय रहेको बताए। ट्याब हस्तान्तरणका क्रममा हमालले उसै विद्यालयका शिक्षकलाई ट्याबको सही सदुपयोग गर्न समेत सुझाएका छन्।

सिफारिस

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको विभिन्न स्थानमा विद्युत् लाइन अवरुद्ध हुने जानकारी दिएको छ । कुलेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

युवा व्यवसायी राज कार्कीलाई ‘राष्ट्रिय व्यवसायी सम्मान’

काठमाडौँ -  युवा व्यवसायी राज कार्की ‘राष्ट्रिय व्यवसायी सम्मान’...

धेरै पढिएको