रामेछाप महोत्सव आजदेखि, १ लाख बढी पर्यटक भित्र्याउने लक्ष्य

रामेछाप – नेपाल भ्रमण बर्ष २०२० र रामेछापको ब्यापार ब्यवसायलाई लक्षित गरी रामेछाप उद्योग वाणिज्य संघको आयोजना गर्न लागिएको ‘दोस्रो रामेछाप महोत्सव’को तयारी पुरा भएको छ । सोमबार संघले पत्रकार सम्मेलन गर्दै आयोजनाको तयारि पूरा भएको जानकारी दिएको हो।

मंगलबार ६ गते देखि १५ गते बिहिबारसम्म चल्ने महोत्सवको बाग्मती प्रदेशका आर्थिक योजना तथा मामिला मन्त्री कैलाश ढुंगेलले उद्धघाटन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ । उद्धघाटन कार्यक्रममा हेलिकप्टरबाट पुष्पअर्पण गर्ने तयारी रहेको बताएको छ ।

आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने,जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रबर्धन गर्न हेलिकप्टरबाट मन्थली शैलुङ उडान भर्ने, स्थानीय तथा राष्ट्रिय कलाकारबाट प्रत्येक दिन गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी आदि महोत्सवका मुख्य आकर्षणहरु रहेको रामेछाप वाणिज्य संघले जनाएको छ ।

महोत्सवमा १ लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ भने  ४७ लाख २० हजार खर्च हुने आयोजकले अनुमान गरेको छ । जिल्ला समन्वय समिति नजिकको खुल्ला प्राङगणमा गरिने महोत्सवमा ७० ओटा स्टलहरु तयार गरिएको छ । सोमबारसम्म सबै इस्टलहरु बुकिङ भैसकेको र आवश्यक्ता अनुसार थप्न सकिने बताएको छ । महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।

सिफारिस

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

धेरै पढिएको