के-हवलाई सरोकारवालाको सुझाव : सम्पत्ति धितो राखेर मात्र उद्यमशिलता बिकास हुँदैन

काठमाडौं – उद्यमी बन्न बित्तिय संस्थाले सम्पत्ति धितो राखेर लगानी गर्छन् । सोचमा लगानी गर्दैंनन् । यसकारण सम्भावना भएका क्षेत्रमा पनि उद्यमशिलता बढेको छैन । लगानीको जोखिम मोलेर उद्यमी बनेकाहरुले काठमाडौं मेट्रोपोलिटन सिटी हब (के—हब)लाई सुझाव दिएका छन् । बिहीबार काठमाडौं महानगरको सहरी योजना आयोग र संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपि) ले संयुक्त रुपमा आयोजना गरेको ‘कलेक्टिभ इन्टेलिजेन्स कार्यशाला’मा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् ।

लगानीका क्षेत्र धेरै छन् । यसका काम गर्न सकिन्छ । अर्कोतिर सञ्चालनमा भएका उद्यमहरुलाई नयाँ सोचबाट थप शशक्त बनाउन सकिन्छ । यस्ता सानातिना प्रयासले पनि व्यक्ति, समाज र परिवारलाई आर्थिक रुपमा रुपान्तरण गराउँछ । यसका लागि सरकारले नयाँ र सृजनशील सोचलाई फस्टाउने वातावरण बनाइदिनुपर्छ, सहभागीहरुको दिएको सुझाव थियो ।

त्यस क्रममा बोल्दै, सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले — नयाँ र सृजनशील सोचलाई ५ चरणका प्रक्रिया पूरा गराएर उद्यममा रुपान्तरण गर्न सकिने बताउनुभयो । यी चरणमध्ये कुनै एक चरण छोड््यो भने जोखिमको खतरा बढ्ने उहाँको भनाइ थियो । बस्नेतका अनुसार नयाँ सोच निर्माण, त्यस प्रक्रियाको पहिलो चरण हो । त्यसपछि सोचअनुसार काम गर्दा उत्पादित बस्तुले बजार पाउँछ कि पाउँदैन भनेर बजार बिश्लेषण गर्नुपर्छ । तेश्रो चरणमा कामलाई सहज बनाउन कुन प्रबिधि उपयुक्त हुन्छ थाहा पाउनु पर्छ । यस चरणमा थोरै प्रयासमा धेरै उत्पादन कसरी ल्याउने भन्ने कुराको बिश्लेषण हुन्छ । प्रक्रियाको चौथो कानुनी प्रबन्धका बिषयमा जानकारी लिनुपर्छ । यी सबै कोणबाट सोचलाई बिश्लेषण गरिसकेपछि लगानीको चरण आउँछ । उपाध्यक्ष बस्नेतका अनुसार उद्यमी बन्न चाहने युवालाई यी सबै चरणका बारेमा जानकारी दिएर योजनाबद्ध काम गर्न सक्ने उद्यमी उत्पादन गर्ने के हबको लक्ष्य हो ।

त्यस क्रममा बोल्दै महानगरको अन्तराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्लेले — आफ्नै परिवेशमा भएका सम्भावनालाई आयमा रुपान्तरण गर्न महानगरले नीति कार्यक्रममा व्यवस्था गरेको जानकारी दिनुभयो । यसबाट साना—साना प्रयासबाट ठूला—ठूला उपलब्धी हासील हुनेछन् । युवाहरुले बेरोजगार भएर वा निष्क्रिय भएर बस्नु पर्नेछैन, काफ्लेको भनाइ थियो ।

के हब, सार्वजनिक, निजी तथा सामुदायिक क्षेत्रसँग मिलेर सहरका युवाका लागि थालिएको कार्यक्रम हो । कार्यशालापछि आगामी कार्यक्रमका बारेमा प्रतिक्रिया दिँदै सहरी आयोगको सचिवालयका प्रमुख रविनमान श्रेष्ठले — क्षेत्रगत रुपमा प्राप्त भएका सुझावका आधारमा आगामी कार्यक्रम सञ्चालन गर्दै लगिने योजना सुनाउनुभयो । कार्यशालामा युएनडिपिको एक्सिलेरेसन ल्याबका प्रतिनिधि एवं हेड अफ एक्पेरिमेन्टेसन, बिषम ज्ञवाली र हेड अफ सोलुसन म्यापिङ् अलिष्का बज्राचार्यले सहभागीलाई समूहगत छलफल गराएर बिषयगत धारणा संकलन गर्नुभएको थियो । धारणा संकलनका लागि वातावरण, राजनीति, आर्थिक तथा बित्तिय क्षेत्र, सामाजिक क्षेत्र, कानुनी व्यवस्था, प्रबिधि, अनुसन्धान तथा अन्य क्षेत्र राखिएका थिए । यी क्षेत्र र उद्यमशिलताको अन्तरसम्बन्ध थाहा पाउन मानिस र तथ्याङ्क संकलन, तथ्याङ्कको संयोजन, सामुहिक बुद्धिमत्ताको प्रयोग, सूचना र नतिजाको व्याख्या जस्ता सूचकहरु प्रयोग गरिएका थिए ।

सोच भएका तर लगानी गर्ने बाटो पत्ता नलगाएका अलमल्लमा परेका युवालाई बाटो देखाउने कार्यक्रमको मुख्य उद्देश्य हो । कार्यक्रम सञ्चालनको बिधि तथा प्रक्रिया, सहभागी युवा छनौट प्रक्रिया, यसको दिगोपना, कार्यक्रम सञ्चालन ढाँचा तयार पार्न कार्यशालाको आयोजना गरिएको हो । प्राप्त सुझावका आधारमा उद्यम तथा साना उद्यम, न्युन लगानी भएका तथा स्वरोजगारमुलक व्यापारजस्ता उत्पादनमुलक क्षेत्रका बिषयमा सिकाइ प्रवर्धन र सञ्जालीकरण गर्ने कार्यक्रम कार्यान्वयनमा ल्याइन्छ ।

‘नविन सोच निर्माण र कार्यान्वयन’ का लागि संयुक्त लगानीबाट हुने काम, आफ्ना—आफ्नै लगानीबाट सञ्चालन हुने काम, साझा कार्यक्रमका कार्यक्षेत्र हुन् ।

सिफारिस

एमालेमा योगेश भट्टराईको वरीयता सच्याइयो, दोस्रो नम्बरमा उक्लिए

काठमाडौं - नेकपा एमाले का उपमहासचिव योगेश भट्टराई को वरीयता सचिवालय बैठकले सच्याएको छ। यसअघि प्रस्तावित वरीयतामा भट्टराई तेस्रो नम्बरका उपमहासचिव रहेका थिए। तर...

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।पार्टी सभापति गगनकुमार थापा ले आइतबार...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहल मा आइतबार...

भर्खरै

नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ - नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल...

मालदिभ्सलाई हराउँदै नेपाल सेमिफाइनलमा (तस्वीरहरू)

नेपाली राष्ट्रिय महिला भलिबल टोली काठमाडौँमा जारी काभा महिला...

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन...

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट...

‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

धेरै पढिएको