नेपाल तरुण दलको अध्यक्षमा मनिष कोइराला नियुक्त

काठमाडौँ – नेपाली कांग्रेस ले आफ्नो भ्रातृ संस्था नेपाल तरुण दल को केन्द्रीय अध्यक्षमा मनिष कोइरालालाई नियुक्त गरेको छ।पार्टी सभापति गगनकुमार थापा ले आइतबार काठमाडौँ निवासी कोइरालालाई तरुण दलको नेतृत्वको जिम्मेवारी दिएका हुन्।

पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलाल का अनुसार नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको गत वैशाख २१ गते बसेको बैठकको निर्णयअनुसार उक्त नियुक्ति गरिएको हो।

म्याद समाप्त भएर स्वतः विघटन भएको तरुण दललाई पुनः सक्रिय बनाउने तथा पार्टी संगठनलाई गतिशील बनाउने उद्देश्यसहित कोइरालालाई नेतृत्वको जिम्मेवारी दिइएको जनाइएको छ।

सभापति थापाले पार्टी विधानको धारा ४२ (१) (च) बमोजिम कोइरालालाई अध्यक्षमा नियुक्त गर्दै तोकिएको समयभित्र महाधिवेशन सम्पन्न गर्न स्पष्ट कार्यादेशसमेत दिएका छन्। नवनियुक्त अध्यक्ष कोइरालालाई ९ बुँदे कार्यादेश तथा कार्यविवरणसहितको जिम्मेवारी पत्र हस्तान्तरण गरिएको नेपाली कांग्रेसले जनाएको छ। कोइराला अनुराधा कोइरालाका छोरा हुन्। 

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको