प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु, कति खेलाडी छन् सहभागी ? (तस्वीरहरू)

काठमाडौँ – नेपाली सेनाको आयोजना प्रधानसेनापति राष्ट्रिय टेनिस प्रतियोगिता आजदेखि सुरु भएको छ । नेपाली सेनाका बलाधिकृत रथी प्रदीप जङ्ग केसीले जंगीअडास्थित टेनिस कोर्ट तथा दशरथ रंगशालास्थित टेनिस कोर्टमा बल हस्तान्तरण गर्दै उद्घाटन गरे ।

टेनिस खेलको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले वि.सं. २०७८ सालदेखि सञ्चालन हुँदै आएको उक्त प्रतियोगितामा यस वर्ष १३ वटा इभेन्टमा प्रतिस्पर्धा हुँदैछ। प्रतियोगितामा विभिन्न १३ वटा क्लबका २१८ जना खेलाडीहरूको सहभागिता रहेको सेनाले जनाएको छ।

प्रतियोगिताअन्तर्गत खुल्लातर्फ पुरुष एकल तथा युगल, महिला एकल तथा युगल विधा समावेश गरिएको छ। त्यसैगरी भेट्रान्सतर्फ ३५ वर्षमाथि, ४५ वर्षमाथि, ५५ वर्षमाथि र ६५ वर्षमाथिका एकल तथा युगल विधा तथा ७० वर्षमाथिको एकल विधामा प्रतिस्पर्धा हुने जनाइएको छ।

ज्येष्ठ १२ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन कार्यक्रममा नेपाली सेनाका रथीवृन्द, नेपाल टेनिस सङ्घ, नेपाल ओलम्पिक कमिटी का पदाधिकारीहरू, विभिन्न टेनिस क्लबका प्रतिनिधिहरू, नेपाली सेनाका अधिकृतहरू, सञ्चारकर्मी तथा खेलाडीहरूको उपस्थिति रहेको थियो।

खेलाडीको दक्षता, सीप र क्षमता अभिवृद्धि गरी उत्कृष्ट खेलाडी उत्पादन गर्ने ध्येयसाथ प्रतियोगिता हुँदै आएको छ ।

 

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको