सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं – नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले नेपालका सबै ७७ जिल्लाको ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन्। “नेपाल ७७ – द सोलो राइड अफ अ नेपाली वुमन” नामक अभियानअन्तर्गत उनी हाल ओखलढुंगा पुगेकी छन्।

५० देखि ५५ दिनभित्र बिना विश्राम सम्पूर्ण नेपाल भ्रमण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान नेपाली महिला राइडिङ इतिहासकै पहिलो सोलो ७७ जिल्ला यात्रा भएको बताइएको छ।

काठमाडौंको सितापाइलाकी २३ वर्षीया सितल गिरी सन् २०१८ देखि मोटरसाइकल राइडिङमा सक्रिय छिन्। उनी नेपालकी पहिलो महिला मोटरसाइकल प्रशिक्षक तथा सबैभन्दा कान्छी रोड क्याप्टेनका रूपमा परिचित छिन्। हालसम्म उनले ४०० भन्दा बढी महिलालाई मोटरसाइकल तालिम दिई लाइसेन्स प्राप्त गर्न सहयोग गरिसकेकी छन्।

यसअघि उनी ६८ जिल्ला पुगिसकेकी छन् भने डोल्पासम्मको १५ दिने एकल यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्। अब बाँकी जिल्लासहित सम्पूर्ण ७७ जिल्ला लगातार यात्रा गरेर नयाँ इतिहास रच्ने लक्ष्य उनको रहेको छ।

करिब ६ हजारदेखि ७ हजार किलोमिटर दूरी पार गरिने यस यात्रामा हिमाली भेग, कर्णालीका दुर्गम क्षेत्र, पहाडी मार्ग तथा तराईका लामो राजमार्ग समेटिएका छन्। यात्राको ९० प्रतिशत भाग मोटरसाइकलमार्फत र बाँकी १० प्रतिशत दुर्गम क्षेत्रमा पैदल तथा विशेष पहुँचमार्फत पूरा गरिने बताइएको छ।

सामाजिक सञ्जालमा पनि सितल गिरीको प्रभावशाली उपस्थिति रहेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत उनका ३ लाख २९ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

उनले यस अभियानलाई ऊर्जा, साहस, सहनशीलता तथा महिला सशक्तीकरणको प्रतीकका रूपमा प्रस्तुत गरेकी छन्। यात्राका क्रममा दैनिक भिडियो, लाइभ अपडेट, हेल्मेट क्याम फुटेज, रील्स तथा अन्तिममा वृत्तचित्र निर्माण गरिने योजना रहेको छ।

सितल गिरीका अनुसार, “यो केवल मोटरसाइकल यात्रा होइन, यो महिलाको आत्मनिर्भरता, साहस र सीमालाई चुनौती दिने राष्ट्रिय अभियान हो।”

यात्रासँगै उनले हरेक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को झण्डासहित संस्थागत प्रचारप्रसार गर्दै संस्थाबारे स्थानीय सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै हिँडिरहेकी छन्। एनएफपिजे नेपालले पनि उनको यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।

सिफारिस

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरहरु)

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा हल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ। आधुनिक र भव्य संरचनासहित तयार भइरहेको यो हलमा...

नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं - नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यसहित आयोजित ‘नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप २०२६’ ललितपुरको हरिसिद्धिमा सम्पन्न भएको छ। ‘युनाइटेड बाई...

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । मंगलबार शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई पद...

भर्खरै

नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं - नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ...

नवनियुक्त प्रधानन्यायाधीश डा.शर्माले लिए शपथ

काठमाडौं - नवनियुक्त प्रधानन्यायाधीश डा.मनोज शर्माले पद तथा गोपनीयताको...

नेपाली सेनालाई विश्व वन्यजन्तु कोषद्वारा विशेष सम्मान

काठमाडौं - नेपाली सेनालाई प्रकृति तथा वातावरण संरक्षणमा पुर्‍याएको...

प्रधानन्यायाधीशमा शर्मा सर्वसम्मत अनुमोदन

काठमाडौं - संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश मनोजकुमार शर्मालाई...

लालटिन बालेर अदालत प्रशासनविरुद्ध नेपाल बारको विरोध प्रदर्शन(तस्बिरहरु)

अदालत प्रशासनले अनपेक्षित क्रियाकलाप र गैरजिम्मेवारपूर्ण हर्क गरेको भन्दै...

बालेन सरकारप्रति रास्वपाकै सांंसद सिंहको यस्तो आक्रोश

काठमाडौं - बजेटका प्राथमिकतामाथिको छलफलका क्रममा अर्थमन्त्री स्वर्णिम वाग्ले...

धेरै पढिएको