सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं – नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड क्याप्टेन सितल गिरीले नेपालका सबै ७७ जिल्लाको ऐतिहासिक एकल मोटरसाइकल यात्रा सुरु गरेकी छन्। “नेपाल ७७ – द सोलो राइड अफ अ नेपाली वुमन” नामक अभियानअन्तर्गत उनी हाल ओखलढुंगा पुगेकी छन्।

५० देखि ५५ दिनभित्र बिना विश्राम सम्पूर्ण नेपाल भ्रमण गर्ने लक्ष्यसहित सुरु गरिएको यो अभियान नेपाली महिला राइडिङ इतिहासकै पहिलो सोलो ७७ जिल्ला यात्रा भएको बताइएको छ।

काठमाडौंको सितापाइलाकी २३ वर्षीया सितल गिरी सन् २०१८ देखि मोटरसाइकल राइडिङमा सक्रिय छिन्। उनी नेपालकी पहिलो महिला मोटरसाइकल प्रशिक्षक तथा सबैभन्दा कान्छी रोड क्याप्टेनका रूपमा परिचित छिन्। हालसम्म उनले ४०० भन्दा बढी महिलालाई मोटरसाइकल तालिम दिई लाइसेन्स प्राप्त गर्न सहयोग गरिसकेकी छन्।

यसअघि उनी ६८ जिल्ला पुगिसकेकी छन् भने डोल्पासम्मको १५ दिने एकल यात्रा सफलतापूर्वक सम्पन्न गरिसकेकी छन्। अब बाँकी जिल्लासहित सम्पूर्ण ७७ जिल्ला लगातार यात्रा गरेर नयाँ इतिहास रच्ने लक्ष्य उनको रहेको छ।

करिब ६ हजारदेखि ७ हजार किलोमिटर दूरी पार गरिने यस यात्रामा हिमाली भेग, कर्णालीका दुर्गम क्षेत्र, पहाडी मार्ग तथा तराईका लामो राजमार्ग समेटिएका छन्। यात्राको ९० प्रतिशत भाग मोटरसाइकलमार्फत र बाँकी १० प्रतिशत दुर्गम क्षेत्रमा पैदल तथा विशेष पहुँचमार्फत पूरा गरिने बताइएको छ।

सामाजिक सञ्जालमा पनि सितल गिरीको प्रभावशाली उपस्थिति रहेको छ। फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबमार्फत उनका ३ लाख २९ हजारभन्दा बढी फलोअर्स रहेका छन्।

उनले यस अभियानलाई ऊर्जा, साहस, सहनशीलता तथा महिला सशक्तीकरणको प्रतीकका रूपमा प्रस्तुत गरेकी छन्। यात्राका क्रममा दैनिक भिडियो, लाइभ अपडेट, हेल्मेट क्याम फुटेज, रील्स तथा अन्तिममा वृत्तचित्र निर्माण गरिने योजना रहेको छ।

सितल गिरीका अनुसार, “यो केवल मोटरसाइकल यात्रा होइन, यो महिलाको आत्मनिर्भरता, साहस र सीमालाई चुनौती दिने राष्ट्रिय अभियान हो।”

यात्रासँगै उनले हरेक जिल्लामा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल) को झण्डासहित संस्थागत प्रचारप्रसार गर्दै संस्थाबारे स्थानीय सञ्चारकर्मीहरूलाई जानकारी गराउँदै हिँडिरहेकी छन्। एनएफपिजे नेपालले पनि उनको यात्राको सफलताको शुभकामना व्यक्त गरेको छ।

सिफारिस

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर, बर्दिबासमा सञ्चालन भएको चारदिने रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गत असोज २० गतेदेखि सञ्चालन...

भर्खरै

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

कांग्रेस १५औँ महाधिवेशन : केन्द्रीय सदस्यमा रामकृष्ण चित्रकारको उम्मेदवारी

काठमाडौं - नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदका...

धेरै पढिएको