‘सुन्दर देखिएकै आधारमा आलोचना भयो’ : सांसद सृष्टि भट्टराई

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की समानुपातिक सांसद सृष्टि भट्टराई ले पछिल्ला दिनहरूमा आफूमाथि भइरहेको आलोचनाप्रति असन्तुष्टि जनाएकी छन्।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले आफूमाथि भइरहेको टीकाटिप्पणीलाई “पाखण्डपनको पराकाष्ठा” भएको टिप्पणी गरेकी हुन्। उनका अनुसार अरू व्यक्तिहरू भ्रष्टाचारमा मुछिँदा मौन रहनेहरूले आफूलाई भने “सुन्दर देखिएकै आधारमा” आलोचना गरिरहेका छन्।

उनले लेखेकी छन्, “मलाई पछिल्ला दिनहरूमा आएका आलोचनाहरू सुन्दा अनौठो लाग्ने गरेको छ। अरू भ्रष्ट हुँदा केही बोल्न नसक्ने व्यक्तिले मलाई भने केवल सुन्दर देखिएकै आधारमा आलोचना गरिरहेको छ। पाखण्डपनको पराकाष्ठा।”

सांसद भट्टराईले आलोचनाबाट निराश हुनुपर्ने कि आफ्नो सुन्दरताले धेरै ध्यान तानेकोमा आश्चर्य मान्ने भन्ने प्रश्नसमेत गरेकी छन्।

उनले अहिले आफू जवाफ दिने ठाउँ अर्थात् संसदमा पुगे पनि पहिले प्रश्न गर्ने नागरिककै ठाउँबाट आएको नबिर्सन आलोचकहरूलाई आग्रह गरेकी छन्। भविष्यमा अन्य नागरिक पनि संसदसम्म पुग्न सक्ने उल्लेख गर्दै उनले विचार र दृष्टिकोण फराकिलो बनाउन सुझाव दिएकी छन्।

देशमा पछिल्ला वर्षहरूमा देखिएको राजनीतिक अवस्था र बेथितिकै कारण नयाँ पुस्ता राजनीतिमा आएको उनको भनाइ छ। युवा पुस्ता चुप लागेर बस्ने नभएको स्पष्ट पार्दै उनले धेरै बोलिरहने प्रवृत्तिमा पनि आफूहरू नपर्ने बताएकी छन्।

सिफारिस

काभा महिला भलिबल : इरानको लगातार दोस्रो जित

काठमाडौं - साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्...

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट हटाउँदै दीपेन्द्र सिंह ऐरी को कप्तानीमा एसियन गेम्स क्वालिफायरका लागि नयाँ टोली घोषणा गरेको छ। क्यानले...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने अर्को साता भारत भ्रमणमा जाने भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठनपछि भारत भ्रमण...

भर्खरै

कप्तानबाट हटाइए रोहित, दीपेन्द्रको नेतृत्वमा एसियन गेम्स क्वालिफायर टोली घोषणा

नेपाल क्रिकेट संघ (क्यान) ले रोहित पौडेल लाई कप्तानबाट...

रवि लामिछाने भारत भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका

सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने...

‘चर्या प्रवाह’ मा गुरु यज्ञमान पति बज्राचार्य सम्मानित

काठमाडौं - काठमाडौं महानगरपालिका, संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा...

काभा महिला भलिबल: किर्गिस्तानमाथि नेपालको सानदार जित, सेमिफाइनल आशा कायमै (तस्वीरहरू)

काठमाडौंमा जारी काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपाली...

आफ्नै जिल्लामा लखेटिए रास्वपाका यी चार सांसद

बारा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका...

 काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल...

धेरै पढिएको