कहिले छुट्छन् जेलमा रहेका पल शाह ?

काठमाडौँ – नाबालिग बला’त्कार अभियोगमा जेलमा रहेका अभिनेता पल शाह केही समयमै छुट्ने दुर्गेश थापाले दाबी गरेका छन्। एक टेलिभिजन कार्यक्रममा अन्तर्वार्ता दिँदै उनले पल छिट्टै छुट्ने अनि उनी जेलबाट बाहिर आएपछि सब ठिक हुने दाबी गरे ।

पल प्रकरणमा आफूलाई पर्फर्मर भन्न रुचाउने दुर्गेश पनि मुछिएका थिए। पलले आफूलाई फसाउनेहरू भनेर उनको नाम लिएपछि उनको साङ्गीतिक व्यवसाय ओरालो लागेको थियो। अडियो बाहिर आएपछि त पलका प्रशंसकले उनकै कारण पल फसेको भन्दै बहिष्कार अभियानै चलाएका थिए।

प्रारम्भमा नाबालिगको पक्षमा बयान दिएका दुर्गेशले अदालतमा भने बयान बदलेर पलको पक्षमा बयान दिए। त्यो बेलामा नाबालिग गायिका अनि उनको परिवारले पनि बयान बदलिइसकेका थिए।

शनिवारको टेलिभिजन कार्यक्रममा दुर्गेशले ती नाबालिग गायिका यो घटना दोषी रहेको भन्दै भने, कहिले हो भन्ने, कहिले हैन भन्ने उसैको दोष हो नि। स्ट्यान्ड लिन सक्नुपर्छ नि।’

पल अहिले पुर्पक्षका लागि थुनामा छन्। जिल्ला अदालतको आदेश पुनरावेदनबाट उल्टाउन खोजियो। त्यहीबिचमा जाहेरीकर्ता र पीडितले समेत घटना हैन भनेकाले पल पक्षधर उनी छुट्नेमा विश्वस्त देखिएका थिए। तर उच्चले जिल्लाकै आदेश सदर गर्‍यो। त्यसपछि धरौटी माग्न जाने सर्वोच्च हो। पल पक्ष गए या गएनन् सार्वजनिक भएको छैन।

पल छुट्ने तीन आधार मात्र छ। पहिलो जिल्ला अदालतबाट सफाइ पाएर। यसले उनी निर्दोषिताको प्रमाणसहित समाजमा फर्कने छन्। दोस्रो भनेको धरौटीमा जेल बाहिर आउने। यसमा केस चलिरहन्छ। तर पल बाहिरै बसेर मुद्दा लड्न पाउँछन्। तर निर्दोष दोषी तय हुन्न यसमा।

तेस्रो भनेको अदालतबाट पाएको सजाय कटाएर। यसरी बाहिर आउँदा उनी नाबालिगको बला’त्कारीको पहिचान सहित आउने छन्।

कार्यक्रममा दुर्गेशले पटक(पटक पल छिट्टै बाहिर आउने, कालो दिन सकिने, पलले कसले फसाएको भन्ने, उसले नभने आफै खुलाउने अनि मिलेर काम गर्ने त भने तर माथिका तीन विकल्पमध्ये कुम विकल्पबाट बाहिर आउने भन्ने भने खुलाएका छैनन्।

सिफारिस

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ पर्व सोमबार बिहान सम्पन्न भएको छ। छठ पर्वको अन्तिम दिन आज बिहान ललितपुरको कुपन्डोललगायत विभिन्न...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

भर्खरै

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

धेरै पढिएको