गायिका त्रिशला गुरुङले सार्वजनिक गरिन् प्रेमी

डाक्टर तथा प्रशंसित गायिका त्रिशला गुरुङले आफू प्रेममा रहेको कुरा सार्वजनिक गरेकी छन्। उनले संगीतकार रोहित शाक्यसँग प्रेम सम्बन्धमा रहेको खुलाएकी हुन्।

गायिका त्रिशलाले आफ्नो इन्स्टाग्राममा रोहितसँगको तस्बिर सार्वजनिक गर्दै लेखेकी छन्, ‘मैले भर्खरै महसुस गरेँ कि हामी लामो समयसम्म साथी बन्न सक्छौं। तिमी मेरो हौ, र तिमीलाई थाहा छ त्यसैले म तिमीलाई मन पराउँछु।’

त्रिशला र रोहित हालै एक सांगीतिक कार्यक्रममा पनि सहभागी भएका थिए। गायिका त्रिशला कभर गीत गाएर चर्चामा आएका थिइन्। उनी पेसाले डाक्टर हुन्। उनी आफ्नो अध्ययन सकेर संगीत क्षेत्रमा फर्किएकी छन्।

रोहितसँगको आठवटा तस्बिर सार्वजनिक गर्दै त्रिशालाले आफूहरु धेरै लामो समयसम्मका लागि साथी बन्न सक्ने महसुस भएको बताएकी छिन् । उनले लेखेकी छिन्, ‘हामी लामो, लामो समयका लागि साथी हुन सक्छौँ, मलाई त्यस्तै महसुस हुन्छ । तिमी मेरो हौ र तिमीलाई थाहा छ म तिमीलाई यसैका लागि मन पराउँछु ।’

रोहित शाक्य प्रोग्रेसिभ–अल्टरनेटिभ रक ब्यान्ड ‘जिन्दाबाद’ का गायक, गितारिस्ट हुन् । उनी फज फ्याक्ट्री प्रोडक्सनका सह–संस्थापक हुन् । हालको नेपाली साङ्गीतिक बजारमा उनी एक सफलत युवा प्रतिभा रहेका छन् ।

त्रिशाला र रोहितको प्रेम सम्बन्धबारे केही समय अघिदेखि नै चर्चा परिचर्चा हुने गर्दथ्यो । त्रिशाला आफैंले आफ्नो सम्बन्धबारे खुलाएपछि फेसबुकमा धेरैले निकै रमाइला कमेन्ट पनि गरेका छन् । त्रिशालाले प्रेमी सार्वजनिक गरेपछि धेरैले आफ्नो मन टुटेको बताएका छन् । एकजनाले लेखेका छन्, ‘मुटु माथि ढुङ्गा राखी लभ रियाक्ट गर्नुपर्या छ ।’

यस्तै अर्का एकजनाले लेखेका छन्, ‘फिलिङ स्याड विद ९९ अदर्स…’यस्तै, अर्का एक प्रयोगकर्ताले लेखेका छन्, ‘म पनि खत्रा गितार सिक्छु अब ।’

यस्तै कतिले रमाइला कमेन्टसमेत गरेका छन् । एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘यस्तो बाजेलाई हेर्ने भए म ह्यान्डसम भा’को मतलब नै भएन नि बेब ।’ यसमा त्रिशालाले जवाफ दिएकी दिँदै लेखेकी छिन्, ‘तपाईंहरु के सारो फन्नी भा’को हौ ।’

यस्तै, अर्का एकजना फेसबुक प्रयोगकर्ताले लेखेका छन्, ‘साँच्चै भन्नुपर्दा रोहित शाक्यको साथ पाउनु भनेको त्रिशालाको भाग्यको कुरा हो ।’

अर्कोले लेखेका छन्, ‘मिलेको जोडी, रोहित शाक्य लेजेन्ड म्युजिक कम्पोजर हुन् ।’

सिफारिस

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) मा बिहीबार फाइनलमा प्रवेश गरेको । अन्नपूर्ण १२ अंकको स्पष्ट अग्रतासहित अंक तालिकामा शीर्ष...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु अपराध संगठित, अन्तरदेशीय र जटिल बन्दै गएकाले यसको नियन्त्रणका लागि दक्षिण एसियाली मुलुकबीच क्षेत्रीय सहकार्य...

भर्खरै

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

धेरै पढिएको