काठमाडौं – पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले सरकारको कार्यसम्पादनप्रति तिखो आलोचना गरेका छन्। इन्टरनेट सामाजिक सञ्जाल ट्विटरमा डा. भट्टराईले अहिले सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री र कर्मचारी खरिद सम्झौता भंग गरेर चोखिन खोजेको उल्लेख गरेका छन्।
ट्विटरमा उनले लेखेका छन्,’ सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको मिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने! ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने! यही हो कँणहरूको नयाँ विधिशास्त्र?’
कोरोना संक्रमणसँग चीनबाट स्वास्थ्य उपकरण सामग्री खरिद गर्ने क्रममा करोडौं भ्रष्टाचार भएको तथ्य बाहिरिएपछि दबाबमा परेको सरकारले सो खरिद सम्झौता रद्द गरेको छ। उच्चपदस्थ नेता र स्वास्थ्यमन्त्री भानुभक्त ढकालकै जोडबलमा ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनसँग उपकरण खरिद सम्झौता गरेको विषयले उग्ररुप लिएपछि स्वास्थ्य सेवा विभागले सो खरिद सम्झौता रद्द गरिसकेको छ। सरकारी ढुकुटीबाट कोटेशनभन्दा २० प्रतिशत बढी रकम खन्याएर मगाइएका ती उपकरण नेपाल एअरलाइन्सको विमानले चीनबाट नेपाल ल्याइसकेको छ।
सेटिंगमा रद्दी स्वास्थ्यसामाग्री किनेर करोडौंको भ्रष्टाचार गर्ने मन्त्री/कर्मचारी सम्झौता भंग गरेर चोखिने! सुरक्षाप्रेस खरिदमा अरबौंको कमिशन मोलतोल गर्ने मन्त्री राजीनामा दिएर चोखिने!ललितानिवास प्रकरणमा कमिसनको जग्गा छोडेपछि नेता/न्यायाधीश चोखिने!यही हो कँणहरूको नयाँ विधिशास्त्र?
— नियमित हात धोऔं / Wash your hands ! (@brb1954) April 1, 2020
