काठमाडौँ – नवीन ज्योति ईङ्गलिस स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । काठमाडौँको नागार्जुन-८ भीमढुंगामा रहेको उक्त स्कुलमा शनिबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।
कार्यक्रममा २ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै नवीन ज्योति ईङ्गलिस स्कुलका प्रिन्सिपल सुरेश महतोले अवाकस कक्षा निक्कै नै प्रभावकारी रहेको बताए । अभिवाभक र विद्यार्थीले पनि अवाकस प्रणाली रुचाएको भन्दै यसलाई आगामी वर्ष पनि नियमित पाठ्यक्रममा समाबेश गर्दै लैजाने समेत उनी बताउँछन् ।

त्यस्तै, सहायक प्रधानाध्यापकले सुबास पुरीले नवीन ज्योति स्कुल पढाइसंगै अतिरिक्त क्रियाकलाप पनि उत्कृष्ट रहेको बताए। ‘अतिरिक्त क्रियाकलापलाई पनि विशेष जोड दिए विद्यार्थीहरु पढाइमा अझै राम्रो गर्ने भएकाले अवाकसलाई पनि पठनपाठन गर्दै आएका छौँ ।,’ उनले भने।

त्यसैगरी, अवाकसले गर्दा बालबालिकाहरुको गणितीय समस्या समाधानसंगै ध्यानलाई केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा खुसी लाग्यो,’ उनीहरुले भने।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आएका छन्।
त्यस्तै, स्कुलले अभिभावक दिवससंगै साँस्कृतिक कार्यक्रम पनि आयोजना गरेको छ। बागमती प्रदेशका कृषि तथा पशुपंक्षी विकास मन्त्री केशव प्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा नागार्जुन नगरपालिका ८ का वडाध्यक्ष सुरज कुमार पोखरेल, नागार्जुन प्याब्सनका अध्यक्ष बासुदेव घिमिरे, नागार्जुन ६का वडाध्यक्ष देवेन्द्र राज गिरी, नागार्जुन ७ का वडाध्यक्ष शैलेन्द्र लामा लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा विद्यार्थीहरूले उत्कृष्ट गायन तथा नृत्य प्रस्तुत गरेका थिए। उनीहरूको प्रस्तुतिमा नवीन ज्योति स्कुल पढाइसंगै अतिरिक्त क्रियाकलापमा उत्कृष्टता झल्किन्थ्यो।

