लिटिल क्लाइम्बर्स स्कुलमा अवाकस प्रतियोगिता, स्मरणले जिते उपाधि

काठमाडौं – लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलमा ‘स्कुल लेबल अवाकस प्रतियोगिता’ सम्पन्न गरिएको छ । काठमाडौँको नागार्जुनमा रहेको उक्त स्कुलमा बुधबार एक कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको हो ।

कार्यक्रममा ४ देखि ७ कक्षासम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । प्रतियोगितामा छानिएका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिगोगितामा सहभागी हुन पाउने छन्। विद्यालयले उक्त विषयलाई बैकल्पिक विषयका रुपमा पठन पाठन गराउँदै आएको छ ।

प्रतियोगितामा स्मरण पौडेलले पहिलो हुँदै उपाधि जित्न सफल भएका छन् भने निरुता श्रेष्ठ फर्स्ट रनरअप, अनुषा गुरुङ सेकेण्ड रनरअप र बिपिन भुजेल थर्ड रनरअप भएका छन् । विजयी हुने विद्यार्थीहरुलाई स्कुलले ट्रफि, प्रमाणपत्र र मेडलसहित सम्मान गरेको थियो।

अवाकस विद्यार्थीहरुका लागि प्रभावकारी भएको भन्दै लिटिल क्लाइम्बर्स इङ्लिस स्कुलले चार बर्षदेखि नियमित पाठ्यक्रममा समाबेश गर्दै आएको छ ।

अवाकस कक्षा निक्कै नै प्रभावकारी रहेको प्रिन्सिपल दिलिप रेग्मीले बताए । ‘अवाकसले गणितीय समस्या समाधान मात्र नभएर अन्य विषयहरूको पढाईमा पनि धेरै सहयोग गरेको छ।  सुरुवाती दिनमा यसबारे अभिभावकलाई बुझाउन गाह्रो परेको थियो तर अहिले उहाँहरुले पनि विद्यार्थीहरुको प्रगति देखेर खुसी हुनु भएको छ।,’ उनले भने।

त्यसैगरी, अवाकसले बालबालिकाको ध्यान केन्द्रित गर्न धेरै सहयोग गरेको अभिभावकहरुले बताए । उनीहरुले आजको कार्यक्रममा आफ्ना बालाबालिकाले अवाकस प्रणालीबाट छिटो छरितो तरिकाले गणितीय समस्या समाधान गरेको प्रत्यक्ष देख्न पाउँदा झन् धेरै अवाकस सम्बन्धि जानकारी पाएको भन्दै खुसी व्यक्त गरे। साथै बालबालिकामा आएको सकरात्मक परिवर्तनका कारण अवाकस शैक्षिक प्रणाली अत्यन्त राम्रो भएको अभिभावकहरुको भनाइ छ ।

शैक्षिक क्षेत्रमा नयाँ प्रयोग गरिएको अवाकसले बालबालिकाको मष्तिस्क विकास, गणितीय समस्या समाधान गर्न सहज, ध्यानलाई केन्द्रिकृत गराउने गर्दछ । विश्वका १ सय ५० भन्दा बढी देशमा यसको प्रयोग भइरहेको छ ।

विश्वमा २ हजार बर्ष पहिले नै यसको प्रयोग गरिएको पाइए पनि नेपालमा बालविकास एनसीमासले १८ वर्षदेखि गर्दै आएको छ । धेरै जसो विद्यालयहरुले यस अवाकस प्रणालीलाई नियमित पाठ्यक्रममा समाबेश गरी अध्यापन गराउँदै आइएका छन्।

सिफारिस

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराजले पाए विश्वासको मत

पोखरा - गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएका छन् । अधिकारीको पक्षमा उभिएका ३० सांसद उभिएपछि विश्वासको मत पाएको घोषणा गरिदिएका छन्। प्रदेशसभामा...

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो मच्छिन्द्रनाथ जात्रा बैशाख २९ गते सुरु हुँदैछ । बैशाख २७ गते मच्छिन्द्रनाथको रथारोहणका लागि ललितपुरको...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी भिसा २०२५ को नतिजा शनिबार आएको छ । नेपालस्थित अमेरिकी दूतावासले सो कुराको जानकारी दिएको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

धमाधम निर्माण गरिँदै रातो मच्छिन्द्रनाथ रथ र रङ्ग्याइँदै मूर्ति (तस्वीरहरू)

काठमाडौं - नेपालको सबैभन्दा लामो जात्रा भनेर मानिने रातो...

आयो डीभीको रिजल्ट, यसरी हेर्नुहोस् नतिजा

काठमाडौँ - अमेरिकाले प्रत्येक वर्ष सञ्चालन गर्दै आएको डाइभर्सिटी...

काठमाडौँका यी ठाउँमा आजदेखि ६ दिनसम्म दैनिक ४ घण्टा बत्ती जाने

काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले आजदेखि आगामी शुक्रबारसम्म काठमाडौँको...

आज यी स्थानमा हावाहुरी र वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

जापानकी विदेशमन्त्री योको आज नेपाल आउँदै

जापानकी विदेशमन्त्री कामिकावा योको नेपालको औपचारिक भ्रमणका लागि आज...

काम गर्न खोज्दा कर्मचारीबाट उचित सहयोग प्राप्त भएन: मन्त्री चौधरी

काठमाडौँ - महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती...

धेरै पढिएको