सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने

कपिलवस्तुको शिवराज नगरपालिकामा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमै भर्ना गर्नुपर्ने निर्णय गरेको छ।

नगरपालिकाले हालै सूचना जारी गरी नयाँ शैक्षिक सत्र २०८० देखि अनिवार्य रूपमा यो व्यवस्था पालना गर्न निर्देशन दिएको हो। ‘जनप्रतिनिधि, शिक्षक, कर्मचारी तथा अन्य संगठित संस्थामा कार्यरत कर्मचारीले अनिवार्य रूपमा आफ्ना सन्तान सामुदायिक विद्यालयमा भर्ना गर्न गराउनहुन जानकारीका लागि सूचना प्रकाशित गरिएको छ,’ नगरप्रमुख अजय थापाले जारी गरेको सूचनामा भनिएको छ।

आगामी शैक्षिक सत्र २०८० बाट अनिवार्य तथा नि:शुल्क आधारभूत शिक्षा तथा निशुल्क माध्यमिक शिक्षा लागु हुने समेत सूचनामा उल्लेख छ। अँग्रेजी तथा नेपाली वा अन्य माध्यमबाट दिइने शिक्षा पूर्णरूपमा निशुल्क हुने नगरपालिकाले जनाएको छ।

नगरपालिकाका मेयर आफैँले जारी गरेको सूचना कार्यन्वयन हुनेमा भने शंका छ। सुरुमा उक्त ऐनमा सार्वजनिक पदमा बसेकाले बालबालिका सरकारी विद्यालयमा नपढाए सेवासुविधा रोक्ने भनिएको थियो। पछि त्यो बूँदा हटाइएको छ। जसकारण यो निर्णय बाध्यकारी भने नभएको शिवराजका एक वडाध्यक्षले नेपालखबरलाई बताए।

‘कार्यपालिकामा छलफलबाट निर्णय भएको हो। सामुदायिकमा अनिवार्य पढाउने भन्ने छ। यदि नपढाएमा सेवा सुविधा रोक्ने भन्ने व्यवस्था हटाइएको छ। कतिपयका आफ्ना बाध्यता पनि हुन सक्छ भन्ने छलफल भएर हटाइएको हो,’ ती वडाध्यक्षले भने ‘सुरुवात त हुन्छ। पूर्ण कार्यान्वयन हुन्छ भन्ने देखिन्न।’

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको