नेकपा (एमाले)को सचिवालय बैठक मंगलबार (आज) बस्दैछ। बैठक दिउँसो २ बजे पार्टी मुख्यालय ललितपुरमा बस्न लागेको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
नेकपा (एमाले)को ‘केन्द्रीय कमिटी बैठक वैशाख २८, २९ र ३० गते काठमाडौंमा बस्दैछ। त्यसैको कार्यसूची तय गर्न बैठक बस्न लागेको उनले बताए। ‘केन्द्रीय कमिटीको बैठकको कार्यसूची तय गर्न बैठक बस्न लागेको हो,’ उनले सेतोपाटीसँग भने, ‘समसामयिक विषयमा पनि छलफल होला।’
नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका सचिव टोपबहादुर रायमाझी मुछिएका छन्। प्रकरीले पक्राउ पुर्जी जारी गरेपछि उनी फरार छन्।
त्यस्तै पार्टीका सल्लाहकार परिषद् सदस्य इन्द्रजित राई सोही प्रक्ररणमा पक्राउ परी प्रहरी हिरासतमा छन्।
यसैबीच एमालेले फागुनदेखि वैशाखसम्म मिसन ग्रासरुट अभियान चलाएको थियो। त्यसको समीक्षा र नक्कली भुटानी शरणार्थी प्रकरणबारे पनि छलफल हुने बताइएको छ।
एमालेले केन्द्रीय कमिटी बैठक झापामा आयोजना गर्ने भनेको थियो। तर, संसद्मा प्रिबजेट छलफल र पछिल्लो राजनीतिक घटनाक्रममा कारण बैठक काठमाडौंमै बस्ने तय गरिएको एमालेले जानकारी दिएको छ।
