सम्पदा घुम्ती बसमा सरर फोटो पत्रकार महिलाहरू (फोटो फिचर)

काठमाडौँ – पत्रकार महिलाहरूका लागि तीन दिने फोटो पत्रकारिता तालिम सम्पन्न भएको छ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको सहकार्य र सञ्चारिका समूह नेपालको संयोजनमा नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम यूएनडीपीद्वारा संयुक्त रूपमा सञ्चालित जीविकोपार्जनको पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) ले आयोजना गरेको तीन दिनसम्म चलेको तालिम आज बिहिबार सम्पन्न भएको हो। तालिममा विभिन्न सञ्चारमाध्यमममा कार्यरत ४५ जना पत्रकार महिलाहरूको सहभागिता थियो ।

दुई दिन फोटो पत्रकारिताको शैद्धान्तिक विषय र क्यामेराको संचालन लगायतका बारेमा प्रशिक्षण दिएको थियो भने आज तालिमको अन्तिम दिन प्रयोगात्मकका लागि प्रशिक्षार्थी सबैलाई सम्पदा घुम्ती बसमा काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदाहरूको भ्रमण गराइएको थियो। उनीहरूले  सम्पदा भ्रमणका क्रममा खिचेका उत्कृष्ट तीन फोटोलाई राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालले पुरस्कृत गर्ने घोषणा गरेको छ।

काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवद्धृन गर्ने उद्धेश्यले गत महिनादेखि काठमाण्डौमा सम्पदा घुम्ती बस सेवा शुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदाहरु– पाटन दरबार स्क्वायर, काठमाण्डौं दरबार स्क्वायर, नारायणहिटी दरबार संग्रहालय, पशुपतिनाथ मन्दिर, बौद्धनाथ र स्वयम्भुसम्म सहज पहुँच हुने “सम्पदा घुम्ती बस सेवा संचालनमा रहेको छ  ।

नेपाल पर्यटन बोर्डका मिडिया कन्सल्टेन्ट टी.पी. भुसालले तालिमबाट फोटो पत्रकारितामा मै केहि गर्छु भनेर लाग्नेलाई पत्रकार महिलाहरूका धेरै नै सघाउ पुर्याउने बताए।  ‘तालिमको लागि जुन समय तोकिएको थियो त्यो भन्दा पनि धेरै समय बसेर प्रशिक्षार्थीहरुले तालिम लिए, तालिम प्रतिको रुचि देखेर हामीले तालिमका लागि सहि विषय छनोट गरेछौं भन्ने लागेको छ,’ भुसालले भने।

 त्यस्तै प्रशिक्षार्थीहरुले पनि तालिम निक्कै नै उपलब्धिमूलक भएको बताए । उनीहरुले यस्ता खालको तालिमले फिल्डमा खटिने पत्रकारका लागि उपयोगी हुने बताए। ‘आगामी दिनमा तालिम अझै हप्ता दश दिनको राख्दिए हामी पत्रकारले अझै धेरै सिक्ने मौका पाउने थियौ। ‘ सहभागीहरूले भने।

तीन दिनसम्म आयोजना गरिएको तालिममा फोटो पत्रकारहरु राजन काफ्ले, सुनिल शर्मा र  सुशील श्रेष्ठ लगायतले प्रशिक्षण दिएका थिए भने वरिष्ठ फोटो पत्रकार मीन बज्राचार्यले फोटो पत्रकारिताको अनुभव र नयाँ आयामबारे आफ्ना अनुभव साटेका थिए ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको