काठमाडौँ – पूर्व सशस्त्र प्रहरी नायब महानिरीक्षक माधव थापाले स्थापना गरेको ‘माधव थापा जोखिमपूर्ण फोटो पत्रकारिता सम्मान’ मुकुन्द कालिकाटेलाई प्रदान गरिएको छ ।
राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको २६औँ वार्षिकोत्सवको अवसरमा उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि वन तथा वातावरणमन्त्री वीरेन्द्र महतो र विशिष्ट अतिथि माधव थापाको हातबाट कालिकाटेलाई नगद १० हजारसहित सम्मान-पत्र प्रदान गरिएको थियो।
कालिकोटे राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालका केन्द्रीय सचिव हुन्। उनी रिपोटर्सनेपाल डटकममा कार्यरत रहेका छन्।
