आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस, फोटो पत्रकार समूहले निल्यो यस्तो विज्ञप्ति

काठमाडौं – आज ९३ औं राष्ट्रिय फोटो पत्रकारिता दिवस राष्ट्रिय फोटो पत्रकार समूहले एक विज्ञप्ति जारी गर्दै  स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण फोटो पत्रकार, फोटो ग्राफर र यस पत्रकारितामा रुचि राख्ने सम्पूर्णमा  शुभकामना व्यक्त गरेको छ ।

विसं १९८४ वैशाख १३ गते गोरखापत्रमा वीरगञ्जकी एक महिलाले चर्खामा धागो कात्दै गरेको फोटो समाचार प्रकाशित भएको थियो । सोही फोटो नै नेपालको फोटो पत्रकारिताको इतिहासमा पहिलो पटक पत्रिकामा प्रकाशन भएको दिनको संझनामा राष्ट्रिय फोटो पत्रकार दिवसका रुपमा मनाइँदै आइएको छ। 

संस्थाले राष्ट्रिय फोटो पत्रकारिता दिवसको दिन, विगतमा विभिन्न कार्यक्रमहरु गर्दै आएको भए पनि  यस वर्ष विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिमका कारण सार्वजनिक कार्यक्रम गर्न असमर्थ रहेको राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष राजेन्द्र चित्रकारले विज्ञप्ति मार्फत जनाएका छन्।  अहिलेको आवश्यकता भनेकै सामाजिक दुरी कायम गरी यो महामारीलाई परास्त गर्नु नै हो भन्ने कुरालाई महशुस गरी सार्वजनिक कार्यक्रमहरु आयोजना नगरिएको उनले स्पष्ट पारे ।

यसवर्ष विश्वव्यापी फैलिएको कोराना भाइरस (कोभिड–१९) संक्रमणको महामारीबाट नेपाल पनि अछुतो छैन । यसै कुरालाई मध्यनजर गर्दै देशमा अहिले बन्दाबन्दी(लकडाउन) जारी राखिएको छ । महामारी फैलिएको असहज परिस्थितिमा सरकारले चालेका कदमहरुलाई हामी सवैले सहयोग गर्नुको विकल्प छैन । अर्कातिर हामी आफै पनि संक्रमणबाट जोगिनु पर्छ र अरुलाई पनि जोगाएर देशलाई क्षति हुनबाट जोगाउनु हामी सबैको साझा दायित्व हो । यही कुरालाई मनन गर्दै विगतका वर्षहरुमा दिवसको अवसरमा गरिने सम्पूर्ण कार्यक्रमहरु आयोजना गर्न असमर्थ भएका हौँ । विज्ञप्तिमा भनिएको छ ।

साथै राष्ट्रिय फोटो पत्रकार समूहले लकडाउनको अप्ठ्यारो अवस्थामा पनि कर्तव्य र जिम्मेवारीबाट विमुख नभै दिनरात कार्यक्षेत्रमा खट्नुहुने सम्पूर्ण फोटो पत्रकार मित्रहरुमा हार्दिक धन्यवाद सहित सम्मान प्रकट गर्नुका साथै यसरी कार्य क्षेत्रमा खटिदा आफ्नो सुरक्षाको पनि ख्याल गरी अगाडी बढन पनि अनुरोध गरेको छ । विश्व स्वास्थ्य संगठनले जारी गरेको निर्देशिकालाई पालना गरी फोटो खिच्न तथा समाचार रिपोर्टिङ गर्न अनुरोध समेत गरेको छ।  कार्यक्षेत्रमा खटिदा कुनै किसिमका समस्या परे संस्थाले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्ने प्रतिवद्धता पनि पत्रकार समूहले विज्ञप्ति मार्फत जानकारी गराएको छ  ।

सिफारिस

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि सेताम्मे बनेको छ। हिउँले ढाकिएका पाँचवटा पवित्र पोखरी, आसपासका डाँडाकाँडा तथा हिमाली भूभागको मनमोहक दृश्यले...

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता प्रामेज (पिजे) श्रेष्ठले अस्ट्रेलियन क्याथोलिक युनिभर्सिटी (एसीयू) को सन् २०२६ को ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१ वटा मोटरसाइकललाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले सञ्चालन गरेको विशेष...

भर्खरै

नेपाली मूलका अस्ट्रेलियाली व्यवसायी पिजे श्रेष्ठलाई एसीयूको ‘ग्लोबल कनेक्सन एलुम्नाइ अवार्ड’

काठमाडौं - नेपाली मूलका अस्ट्रेलियाली उद्यमी तथा सामाजिक अभियन्ता...

स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ४०१ मोटरसाइकल ट्राफिक प्रहरीको नियन्त्रणमा (तस्बिरहरू)

काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्ने ४०१...

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न (तस्बिरहरू)

ललितपुर - उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेसँगै चारदिने छठ...

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

धेरै पढिएको